add

आज बडादशैँको दोस्रो दिन : ब्रम्हचारिणी भगवतीको पूजा गरिँदै






ActPro Nepal

|

११ असोज, २०७९

|
596

काठमाडौं। बडादशैँको दोस्रो दिन ब्रम्हचारिणी भगवतीको पूजा गरिँदैछ । 

बडादशैंको नवरात्र अन्तर्गत दोस्रो दिन आज देवी दुर्गाका स्वरूपमध्ये ब्रम्हचारिणी भगवतीको पूजा गरी मनाइने प्रचलन छ । 

घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । यस पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौंँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाराधना गर्ने गरिन्छ । दुर्गाका यी नौ रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ । 

दशैँलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ । नौ दिन नवदुर्गालाई पुगेपछि दशैँ दिन नवदुर्गाको प्रसाद स्वरूप टिका ग्रहण गरिन्छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.