काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबलका लागि एउटै टिकटको मूल्य ५ हजार तोकिएको छ ।
आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले सार्वजनिक गरेको सूचना अनुसार भिआइपी टिकट खरिद गर्न ५ हजारसम्म तिर्नुपर्ने भएको छ । भिआइपीतर्फकै अन्य टिकटको दर १ हजार रुपैयाँ तोकिएको छ ।
नर्मलतर्फको टिकटका लागि ५ सय तोकिएको छ । खेल असोज ११ गते साँझ ५ः३० बजेबाट सुरु हुनेछ । मैत्रीपूर्ण खेलको अनुमानित बजेट ४८ लाख ६५ हजार रहेको एन्फाले जनाएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।