add

दुई महिनामै भित्रियो १८ अर्ब बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल






ActPro Nepal

|

१० असोज, २०७९

|
736

काठमाडौं । नेपालले दुई महिनामा १८ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल विभिन्न देशबाट आयात गरेको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिना साउन र भदौंमा नेपालले उक्त मूल्य बराबरको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयात गरेको हो ।

सो अवधिमा कुल १७ अर्ब ७० करोड ५८ लाख ४८ हजार रुपैयाँको कच्चा भटमास, सनफ्लावर र पाम तेल नेपाल भित्रिएको विभागले जनाएको छ । उक्त मूल्यमा ८ करोड ६८ लाख ६८ हजार ११८ लीटर कच्चा भटमास, सनफ्लावर र पाम तेल नेपालले आयात गरेको छ ।

विभागका अनुसार गत साउन र भदौ महिनामा ९ अर्ब ८ करोड ५४ लाख २३ हजार रुपैयाँको ४ करोड २ लाख ६७ हजार २८३ लिटर कच्चा भटमास तेल नेपाल भित्रिएको छ ।

सोही समयमा विभिन्न देशबाट ६ अर्ब ६१ करोड ७० लाख २९ हजार रुपैयाँको ३ करोड ६६ लाख ८० हजार ५२४ लिटर कच्चा पाम तेल नेपालमा आएको छ ।

यस्तै, चालु आर्थिक वर्षको पहिलो दुई महिनामा २ अर्ब ३३ लाख ९५ हजार रुपैयाँको ९९ लाख २० हजार ३११ लिटर कच्चा सनफ्लावर तेल नेपालले आयात गरेको छ ।

विभागका अनुसार अर्जेन्टिना, ब्राजिल, इटाली, पराग्वे, अमेरिका, भियतनाम, इन्डोनेसिया, मलेसिया, फिलिपिन्स, थाइल्याण्ड, रुस, युक्रेन लगायतका देशबाट नेपालमा कच्चा भटमास, सनफ्लावर र पाम तेल आउने गरको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.