add

दुई महिनामै २ खर्ब ४४ अर्ब बढीको व्यापार घाटा, ११ वटा भन्सार कार्यालयबाट निर्यात शून्य






ActPro Nepal

|

१० असोज, २०७९

|
513

काठमाडौं ।  चालू आर्थिक वर्षको पहिलो महिनामा कूल वस्तु आयात झण्डै १३ प्रतिशतले घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको गत साउन र भदौं महिनाको विवरण अनुसार कूल आयात १३.१ प्रतिशतले घटेको छ ।

गत आर्थिक वर्षको साउन र भदौमा वस्तु आयात ३ खर्ब १४ अर्ब रुपैयाँबराबरको भएको थियो। साउनमा १ खर्ब ३१ अर्ब २८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

भदौमा आइपुग्दा यो रकम २ खर्ब ७३ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । यस वर्ष पहिलो दुई महिनामै २ खर्ब ४४ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा पुगेको छ ।

यस्तो व्यापार घाटा गत आवको पहिलो ९.४५ प्रतिशतले कम भएको हो । गत आवमा साउन र भदौ महिनामा व्यापार घाटा २ खर्ब ७० अर्ब ४७ करोड रुपैयाँ बराबरको थियो ।

चालू आर्थिक वर्षमा गाडीलगायत वस्तुको आयातमा प्रतिबन्ध लगाइएको छ। त्यसको प्रभाव गरेको भन्सार विभागको तथ्यांकले देखाएको हो। विभागको तथ्यांक हेर्दा चालु आर्थिक वर्षको भदौ महिनामा निर्यात पनि ३४ प्रतिशतले घटेको छ।

गत भदौमा ४४ अर्ब मूल्य बराबरको सामान निर्यात भएकोमा यो भदौमा २८ अर्ब मूल्य बराबरको सामान निर्यात भएको छ।

गत वर्ष भदौको तुलनामा व्यापार घाटा पनि ९ प्रतिशतले घटेको छ। गत भदौमा दुई खर्ब ७० अर्ब मूल्य बराबरको व्यापार घाटा रहेकोमा यो भदौमा दुई खर्ब ४४ अर्ब रूपैयाँको घाटा भएको छ।

११ वटा भन्सार कार्यालयबाट निर्यात शून्य

दुई महिनाको विवरण अनुसार सञ्चालित २६ वटा भन्सार कार्यालय मध्ये ११ वटाबाट वस्तु निर्यात भएको देखिएको हो।

जसमा तातोपानी भन्सार, रसुवागढी भन्सार, भद्रपुर भन्सार कार्यालय, गौर भन्सार कार्यालय, जनकपुर भन्सार कार्यालय, महेशपुर भन्सार, राजविराज भन्सार, सतिभन्सार, सिरहा भन्सार, सुनसरी भन्सार, ठाडी भन्सार रहेका छन्।

सबैभन्दा धेरै वस्तु निर्यात विराटनगर भन्सारबाट भएको छ। दुई महिनामा कुल ४४ अर्बको निर्यातमा विराटनगर भन्सारबाट मात्रै ८ अर्ब ८७ करोड रुपैयाँबराबरको भएको हो।

त्यस्तै दोस्रोमा वीरगन्ज भन्सारबाट ७ अर्ब ४७ करोड रुपैयाँ बराबरको भएको हो। तेस्रोमा त्रिभुवन एरपोर्ट भन्सार कार्यालय हुँदै निर्यात भएको देखिएको छ। जसबाट ६ अर्ब ७० करोड रुपैयाँको भएको देखिएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.