add

विद्युत् उत्पादन, वितरण र व्यापारमा मुलुक नयाँ चरणमा : ऊर्जामन्त्री भुसाल






ActPro Nepal

|

७ असोज, २०७९

|
646

काठमाडाैं । ऊर्जामन्त्री पम्फा भुसालले विद्युत् उत्पादन, वितरण र व्यापारमा मुलुक नयाँ चरणमा प्रवेश गरेको बताएकी छन् ।

शुक्रबार काठमाडौंमा नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनको ११औँ एकता अधिवेशन उद्घाटन गर्दै मन्त्री भुसालले विद्युत्को उत्पादनका साथै सहज वितरण र आफ्नै कार्यकालमा सुरु भएको विद्युत् व्यापार मुलुकको नयाँ कोसेढुंगा साबित हुने बताइन् । 

नेपाली जनताले खपत गरेर बढी भएको विद्युत् मात्रै भारत, बंगलादेशलाई बिक्री गरिने उनकाे भनाइ छ ।

उनले उपयुक्त ठाउँमा उपयुक्त क्षमताको प्रदर्शन कर्मचारीहरूले देखाएका कारण प्राधिकरण सफलताको बाटोमा अघि बढेको धारणा राखिन् ।

मुलुकको आर्थिक विकासका लागि ऊर्जा क्षेत्र महत्वपूर्ण भएको उनले बताइन् ।

मन्त्री भुसालले बंगलादेशको संयुक्त लगानीमा सुनकोसी ३ अघि बढ्ने, माथिल्लाे कर्णाली र दुधकोशीलगायत आयोजनाहरू अघि बढ्ने चरणमा रहेको जानकारी दिइन् । 

१२ सय मेगावाट उत्पादन क्षमताको जलाशययुक्त बुढीगण्डकीलाई पनि अघि बढाउनेगरी मन्त्रालयले काम अघि बढाएको उनले बताइन् । 

स्राेत : हिमालयन टेलि भ्वाइस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.