add

दशैंका लागि मुस्ताङबाट १२ हजार भेडा च्याङग्रा पोखरा ल्याइँदै






ActPro Nepal

|

३ असोज, २०७९

|
397

काठमाडौं । अध्यन्त फण्ड म्यानेजमेन्ट लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट नेपालमा लगानी कोष प्रबन्धकको रूपमा काम गर्ने गरी इजाजतपत्र प्राप्त गरेको छ ।  सेबोन – विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत प्राप्त सो  इजाजतपत्रले कम्पनीलाई नेपालमा लगानी कोष स्थापना, व्यवस्थापन र प्रवद्र्धन गर्न अनुमति दिएको छ ।

आध्यन्तले लगानीकर्ताहरूका लागि एउटा वैकल्पिक लगानीको अवसर प्रदान गर्नुका साथै पुँजी र व्यवसायिक साझेदारीको खोजीमा रहेका उच्च वृद्धिको सम्भावना भएका व्यवसायहरू र नवीन उद्यमहरूलाई पूँजीमा पहुँच प्रदान गर्नेछ ।

आध्यन्तका संस्थापक मनोज पौडेलका अनुसार, सेबोनले देखाएको यस नवीनतम तथा रुपान्तरणकारी सोचले निजी पूँजीको परिचालन मार्फत नेपालको आर्थिक समुन्नतिको सम्भावनालाई बलियो आधार प्रदान गर्नेछ ।

आगामी दिनमा नेपालको सम्भावना र आकांक्षालाई सघाउने खालका व्यवसाय र नवउद्यमहरूको स्तरवृद्धि गर्न निजी पूँजीलाई उद्देश्यपूर्ण रूपमा परिचालन गरी राष्ट्रिय पूँजीको विकास गर्ने लक्ष्य राखिएको उनले बताए । उनले भने– ‘हामी सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य प्राप्तिको उद्देश्यसहित नेपाललाई मध्य–आय भएको देशमा स्तरोन्नति गर्न प्राथमिकतामा रहेका क्षेत्रहरूलगायत उद्योग–व्यवसाय, पूर्वाधार, नवउद्यम, र अन्य क्षेत्रहरूमा लगानी परिचालन गर्नेछौं ।’ 


आध्यन्त नेपाली स्वामित्वको प्राइभेट इक्विटी एवम् भेन्चर क्यापिटल कोष संचालक फर्म हो, जसको उद्देश्य उद्यमी र उद्यमहरूका लागि पूँजी परिचालनको नयाँ प्रणालीको सूत्रपात गर्ने हो । लगानीलाई पहुँचयोग्य बनाएर र संगठित रूपमा उद्यमीहरूलाई संलग्न गराएर, सँगै जोखिम वहन गर्ने र हरेक पाइलामा उनीहरूलाई सहयोग गरेर नेपाललाई दिगो विकासका लक्ष्यहरू प्राप्ति गरी मध्य–आय भएको देशमा स्तरोन्नति गर्नेतर्फ सहयात्री बन्ने योजना छ । 

राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, सनराइज बैंक  र लक्ष्मी बैंक जस्ता संस्थागत लगानीकर्ताहरू र विभिन्न क्षेत्रका विज्ञद्वारा प्रवद्र्धित आध्यन्त नेपालमा पूंजी परिचालन मार्फत आर्थिक विकासका लागी सार्वजनिक–निजी  साझेदारीको मोडेलका रूपमा स्थापना भएको छ ।

 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.