add

सेबोनले एकैसाथ खुलायो नयाँ ब्रोकर र स्टक एक्सचेन्जकाे लाइसेन्स






ActPro Nepal

|

२ असोज, २०७९

|
433

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ ब्रोकर, नयाँ स्टक एक्सचेञ्ज र वस्तु विनिमय बजार (कमोडिटी एक्स्चेन्ज)को लाइसेन्स खुला गरेको गरेको छ ।

बोर्डले आइतबार एक सूचना जारी गर्दै एकै साथ नयाँ ब्रोकर, स्टक एक्सचेञ्ज र कमोडिटी एक्स्चेन्जका लागि आवेदन माग गरेको हो ।

धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको रुपमा धितोपत्र व्यवसाय गर्न इच्छुक, धितोपत्र सम्बन्धी ऐन तथा नियमावली बमोजिम योग्यता पुगेका संस्थाले ३० दिनभित्र धितोपत्र व्यवसायी नियमावली, २०६४ मा तोकिए बमोजिम निवेदन, निवेदन दस्तुर, विवरण तथा कागजात संलग्न गरी बोर्डमा आवेदन दिनु पर्नेछ ।

बोर्डले यसअघि नै ब्रोकरको कामको प्रकृति अनुसार न्यूनतम चुक्ता पूँजी तोकिसकेको छ । बोर्डले सेयर किनबेच मात्र गराउने ब्रोकरको न्यूनतम २० करोड र स्टक डिलरको काम गर्ने ब्रोकरणको डेढ अर्ब चुक्ता पूँजी तोकेको छ ।


त्यसैगरी, बोर्डले धितोपत्र नयाँ स्टक एक्सचेन्जको लाइसेन्स खुला गरेको छ । धितोपत्र ऐन, २०६३ र सो अन्तर्गत बनेको नियम, निर्देशिका तथा अन्य प्रचलित कानूनको अधिनमा रही धितोपत्र बजार सञ्चालन गर्न इच्छुक धितापत्र सम्बन्धी ऐन तथा नियमावली बमोजिम योग्यता पुगेका संस्थाले अबको ४५ दिन भित्र आवेदन दिन बोर्डले आह्वान गरेको छ ।

यस्तै, बोर्डले वस्तु विनिमय बजार (कमोडिटी मार्केट) संचालनका लागि पनि नयाँ लाइसेन्स खुलाएको छ । वस्तु विनिमय बजार सम्बन्धी ऐन, २०७४ र सो अन्तर्गत बनेका नियम विनियम तथा अन्य प्रचलित कानूनका अधिनमा रही वस्तु विनिमय बजार सञ्चालन गर्न वस्तु विनिमय बजार सम्बन्धी ऐन, नियमावली तथा निर्देशिका बमोजिम योग्यता पुगेका इच्छुक संस्थाले ४५ दिन भित्र आवेदन दिन बोर्डले आह्वान गरेको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.