add

साना किसान र आरएमडीसी लघुवित्तबीच मर्जर सम्झौता,स्वाप रेसियो कति ?






ActPro Nepal

|

२ असोज, २०७९

|
351

काठमाडौं। साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने भएका छन् । थोक (होलसेल) कर्जा प्रदायक दुई लघुवित्त संस्थाहरु बीच शुक्रबार एकआपसमा मर्जरमा जाने सम्झौता भएको हो ।

सम्झौतापत्रमा साना किसानका अध्यक्ष खेमबहादुर पाठक, मर्जर उपसमितिका संयोजक उमेश लम्साल, आरएमडीसीका अध्यक्ष सुजाता जोशी र संयुक्त मर्जर समिति संयोजक भीमप्रसाद तिम्सिनाले हस्ताक्षर गरे ।

मर्जरपछि साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार गर्ने सहमति भएको छ । दुई संस्थाबीच १००:८७ सेयर अनुपातमा मर्जर हुने सहमति भएको छ । मर्जरपछि आरएमडीसी लघुवित्तको १०० कित्ता सेयर ८७ कित्ता कायम हुनेछ ।

मर्जरपछि एकीकृत लघुवित्तको पूजी कोष ७ अर्बभन्दा बढी हुनेछ । हाल साना किसानको चुक्ता पूँजी १ अर्ब ५६ करोड र आरएमडीसीको १ अर्ब २४ करोड रुपैयाँ छ ।

मर्जरपछि हुने अन्तरिम सञ्चालक समितिमा खेमबहादुर पाठक अध्यक्ष, डा. शिवरामप्रसाद कोइराला प्रमुख कार्यकारी अधिकृत र ज्योतिचन्द्र ओझा नायब प्रमुख कार्यकारी अधिकृत पदमा रहने सहमति भएको छ। दुवै संस्थाका संस्थापक समूहबाट २र२ जना, सर्वसाधारण समूहबाट १र१ जना र १ जना स्वतन्त्र सञ्चालक रहने व्यवस्था मिलाइएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.