add

पुरस्कार पर्‍यो भनेर आएको म्यासेजको लिंक नखोल्नु : दूरसंचार प्राधिकरण






ActPro Nepal

|

२९ भदौ, २०७९

|
595

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले प्रलोभनयुक्त तरिकाले पुरस्कार पर्‍यो भनिएका म्यासेजको लिंक नखोल्न आग्रह गरेको छ । प्राधिकरणले बुधबार एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।

भाइबर, म्यासेन्जर, ह्वाट्सएप, विच्याटजस्ता एपमा प्रलोभनयुक्त तरिकाले पुरस्कार परेको भनी म्यासेज पठाएर सेवाग्राहीलाई ठग्ने क्रम बढेकोले उक्त आग्रह गरिएको सूचनामा उल्लेख गरिएको छ ।

साथै, त्यस्ता प्रलोभनमा परी अपरिचित व्यक्तिलाई आफ्नो नाम, मोबाइल नम्बर, बैंक खाता लगायतको जानकारी नदिन आग्रह गरेको छ ।

‘यस्ता प्रलोभनमा नपरी यससम्बन्धी म्यासेज र यससँग आउने लिंक नखोल्नु हुन र यस्ता गतिविधिबाट सचेत रही आफू नठगिन र अरूलाई पनि ठगिनबाट जोगाउन उपभोक्तालाई जानकारी गराइन्छ,’ प्राधिकरणले बुधबार जारी गरेको सूचनामा भनिएको छ ।

त्यस्ता म्यासेजमा राष्ट्रिय झण्डा, सरकारी कार्यालय तथा इन्टरनेट सेवा प्रदायकको लोगो दुरुपयोग गरिरएको हुनसक्ने प्राधिकरणको भनाइ छ । र, त्यसमा नझुक्किन आग्रह गरिएको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.