add

भायानेटको दशैँ अफर, अल्ट्राफाइ ग्राहकले अब मेस राउटर पाउने






ActPro Nepal

|

२७ भदौ, २०७९

|
456

काठमाडौं । दशैंमा आफ्ना ग्राहकलाई थप सुविधा दिने उद्देश्यले भायानेटले आकर्षक अफर ल्याएको छ।

यो अफर अन्तर्गत अब भायानेटको अल्ट्रा फाइ इन्टरनेट जोड्ने ग्राहकहरूले नोकिया बिकन १.१ मेस राउटर वा एमआई ४.ए डुअल ब्यान्ड राउटर आफ्नो इन्टरनेट सदस्यतामै प्राप्त गर्न सक्नेछन्।

यो दशैं भायानेटको अल्ट्राफाइ २०० एमबीपीएस इन्टरनेटको वार्षिक प्लान मात्र ९९९ रुपैयाँ प्रति महिनामा पाउन सकिन्छ। यो प्याकेजमा आउने डुअल ब्यान्ड ओएनयू सँगै अब ग्राहकहरूले नोकियाको बीकन १.१ मेस राउटर वा एमआई ४.ए डुअल ब्यान्ड राउटर मध्य एक छानेर राख्न पाउनेछन्।

यो अतिरिक्त राउटर लिनका लागि ग्राहकले डिपोजिट शुल्क मात्र जम्मा गरे पुग्छ। ग्राहकले मेस राउटर लिनका लागि ४ हजार र एमआई ४ ए राउटरको लागि १ हजार ५०० रुपैयाँ डिपोजिट गर्नु पर्नेछ।

कम्पनीले आफ्ना ग्राहकहरूलाई सस्तोमा घरभरि वाइफाइको कभरेज बढाउन मद्दत गर्ने उद्देश्यले यो अफर ल्याएको हो।

साथै भायानेटले वार्षिक सदस्यतामा मात्र १५० रुपैयाँ प्रति महिनामा भायाटीभी पनि उपलब्ध गराएको छ।

यसरी भायाटीभी लिँदा ग्राहकले पहिलो सेटटप बक्स मात्र ५०० रुपैयाँ डिपोजिट गरी प्राप्त गर्न सक्नेछन्। भायानेटको अल्ट्राफाइ लाइन अप बजारमा उपलब्ध रहेको सबैभन्दा आकर्षक इन्टरनेट र टीभी प्याकेज मध्ये पर्दछन्।

उच्च गतिको इन्टरनेट आवश्यकता भएका प्रयोगकर्ताहरूका लागि अल्ट्राफाइ लाइन अप विशेष मानिएको छ। अहिले चलिरहेको अल्ट्राफाइ लाइन अपको मुख्य विशेषता भनेको यसले ग्राहकलाई इन्टरनेट मात्रै वा इन्टरनेटसँगै टीभीका विभिन्न प्याकेजबाट छान्न पाउने सुविधा दिएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.