add

नवौं राष्ट्रिय खेलकुद : पुलिस र आर्मी विजयी






ActPro Nepal

|

२७ भदौ, २०७९

|
657

काठमाडाैँ । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा सोमबार दुई विभागीय टिम नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएका छन्। सोमबार भएको खेलमा पुलिसले लुम्बिनी प्रदेशमाथि ७६ रनको फराकिलो जित निकाल्दा आर्मीले मधेश प्रदेशमाथि ९ विकेटको जित निकाल्यो।

सोमबार कीर्तिपुरमा पहिला ब्याटिङ गर्दै पुलिसले दिएको २०५ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १२८ रन मात्र बनाउन सक्यो।

उसका लागि विस्फोटक ब्याटिङ गरेका वासिर अहमदले २८ बलमा ४ छक्का र १ चौका प्रहार गर्दै ४६ रन बनाउँदा सौरभ खनालले २४, दीपेन्द्र रातवले १३ र प्रज्ज्वल थापाले १० रन बनाए। पुलिसका ललित राजवंशीले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिँदा करण केसी र गुल्सन झाले समान २ विकेट लिए। 

यसअघि पहिला ब्याटिङ गरेको पुलिसले कुशल भुर्तेल र आरिफ सेखको विस्फोटक ब्याटिङ मद्दतमा निर्धारित ओभरमा ४ विकेट गुमाउँदै २०४ सन बनायो। 

उसका कुशल भुर्तेलले ३६ बलमा ७ चौका र ५ छक्का प्रहार गर्दै ७५ रन बनाउँदा आरिफले २२ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ५० रन बनाए। यस्तै, सुनिल धमलाले ३५ र दिलिप नाथले ३३ रन बनाए । लुम्बिनीका बासिर अहमद, अनिल खरेल, दीपेन्द्र रावत र विशाल विक्रम केसीले समान १ विकेट लिए।

यस्तै, सोमबार नै कीर्तिपुरम भएको खेलमा त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशमाथि ६ विकेटको जित निकाल्यो । पहिला ब्याटिङ गर्दै मधेश प्रदेशले दिएको १०५ रनको सामान्य लक्ष्य आर्मीले १८।१ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो ।

उसका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक ३४, रोहितकुमार पौडेलले २५, अर्जुन साउदले १७ र राजेश पुलामीले १६ रन बनाए। मधेशका अदिल आलम, रुपेश सिंह र हरिशंकर साहले समान १ विकेट लिए। 

यसअघि पहिला ब्याटिङ गरेको मधेशका लागि सन्तोष कार्कीले २१ रन बनाउँदा कप्तान हरिशंकर साहले ३० र रोहन विकले १७ रन बनाए। अन्यले गतिलो योगदान दिन सकेनन्।

आर्मीका सोमपाल कार्की र सुशन भारीले समान २ विकेट लिँदा हरि चौहानले १ विकेट लिए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.