add

टिकटकलाई पछ्याउँदै इनस्टाग्राम, रिपोष्ट फिचर थप्ने तयारी






ActPro Nepal

|

२७ भदौ, २०७९

|
690

काठमाडौं । पछिल्लो सयम भिडियो सेयरिन एप टिकटकले अन्य सबै सामाजिक सञ्जाललाई पछी पारेको देखिन्छ । टिकटकको लोकप्रियतापछी फेसबुक तथा इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालले पनि फोटोसँगै भिडियोलाई प्राथमिकतामा राख्न थालेका छन् ।

केही समय अघि रिल्स फिचर थप गरेको इन्स्टाग्रामले पुन टिकटकको जस्तै अर्को नयाँ फिचर उपलब्ध गराउने भएको छ ।

टिकटकले केही समय अघि मात्र ल्याएको रिपोस्ट फिचर अब इन्स्टाग्राममा पनि देख्न पाइने भएको छ ।

इन्स्टाग्रामले प्रयोगकर्ताहरूलाई अन्य प्रयोगकर्ताका पोष्टहरू र रिलहरू पुन पोस्ट गर्ने सुविधा दिने भएको हो ।

यद्यपि मेटा९स्वामित्वको कम्पनीले सार्वजनिक रूपमा रिपोस्ट सुविधा जारी गरेको छैन । यसले छिट्टै चयन गरिएका प्रयोगकर्ताहरूसँग यसको परीक्षण सुरु गर्ने योजना बनाएको छ।

अन्तरराष्टिय सञ्चारमाध्यमहरुका अनुसार मेटाले फिडमा पोष्टहरू पुनस् साझेदारी गर्ने क्षमताको अन्वेषण गर्दैछ । यसअघि भने इन्स्टाग्रामको स्टोरी अथवा डाइरेक्ट मेसेजमा आएका सामग्री मात्र शेयर गर्न मिल्थ्यो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.