add

नेपालको मानव विकास सूचकांक खस्कियो, समस्यासँग जुध्न नसके खराब अवस्था आउने चेतावनी






ActPro Nepal

|

२४ भदौ, २०७९

|
628

काठमाडौं  । विश्व सूचकांकमा कम मानव विकास सूचकांकमा गणना भइरहेको नेपाल स्तर खस्किएको छ ।  ।

संयुक्त राष्ट्र सङ्घीय विकास  कार्यक्रमको  मानव  विकास  प्रतिवेदन, सन् २०२१/२२ को प्रतिवेदनमा नेपालको  मानव  विकास सूचकांक खस्किएको उल्लेख छ ।

प्रतिवेदनअनुसार नेपालको मानव विकास सूचकांक सन् २०२१ मा ०.६०२ रहेको छ । सन् २०१९ मा ०.६११ रहेको मानव विकास सूचकांक २०२० मा ०.६०४ थियो । सन् २०१८ मा भने नेपालको मानव विकास सूचकांक ०. ६०१ थियो ।

यो  प्रतिवेदन अनुसार  मानव  विकास सूचकांकमा नेपाल १ सय ४३औँ स्थानमा छ । दक्षिण एसियाली देशमा पाकिस्तान १ सय ६१, भारत १ सय ३२, बंगलदेश १ सय २९, भुटान १ सय २७ र श्रीलङ्का ७३औँ स्थानमा छ ।

समस्यासँग  जुध्न  नसके  झन्  खराब अवस्था आउने यूएनडीपीले चेतावनी दिएको छ । यो प्रतिवेदनले कोभिड–१९ र रुस–युक्रेन युद्धका कारण विगतका दुई वर्ष विश्वका अर्बौँ मानिसको जनजीवनलाई प्रभाव पारेको उल्लेख छ ।

खासगरी प्रतिव्यक्ति आय, शिक्षाको अवस्था र औसतः आयुलाई आधार मानेर मानव विकास सूचकांक निकाल्ने गरिन्छ ।

यसमा मुलुकहरुले गरिबी निवारण, भोकमरीबाट उम्कन गरेका प्रयास र खतरनाक रोगबाट मुक्त हुन गरेका प्रयासलाई अध्ययनमा राखिएको हुन्छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.