add

झिनो अंकले घट्यो नेप्से,यी हुन् धेरै मूल्य घट्ने कम्पनी






ActPro Nepal

|

२० भदौ, २०७९

|
436

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक नेप्से ४.२९ अंकले घटेर १९७३.१ विन्दुमा झरेको हो ।

सोमवार २२४ कम्पनीको ९० करोड ९९ लाख ४ हजार ७५१ रुपैयाँ बराबरको २४ लाख ४४ हजार ३४४ कित्ता शेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये २ समूहको परिसूचक बढेको छ भने ११ समूहको घटेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ आइतवार १ अर्ब ७ करोड १६ लाख १५ हजार ९२२ रुपैयाँ बराबरको कारोबार भएको थियो।

एक कम्पनीको शेयरमुल्यमा वृद्धि भएको छ मैलुङखोला जलविद्युत कम्पनीको शेयरमुल्यु ७.४३ प्रतिशतले बढेर प्रतिकित्ता ४९३.३० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज रुरु जलविद्युत्त परियोजनाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको हो ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी रिडी पावर कम्पनीको भएको छ । यसको आज ९ करोड ९६ लाखभन्दा बढीको कारोबार भएको छ ।

हिमालय एभरेष्ट इन्सोरेन्सको ४ करोड ५९ लाख, नबिल बैंकको ४ करोड ५६ लाखको कारोबार भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.