काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स नोक्सानीमा गएको छ । विगतका वर्षहरुमा नम्बर वान जीवना बीमा कम्पनीको ताज पहिरिँदै आएको नेपाल लाइफको वित्तीय अवस्था १ वर्ष यता खस्किँदो अवस्थामा रहेको छ ।
विगतमा वर्षहरुमा सबैभन्दा धेरै व्यापार, नाफा कमाउने तथा सेयरधनीलाई समेत बम्पर लाभांश दिँदै आएको कम्पनीको वित्तीय अवस्था ओरालो लागेको छ ।
नेपाल लाइफले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनी घाटामा गएको छ ।
गत असार मसान्तसम्म कम्पनी ३५ करोड २७ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। जबकी अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५३ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
नोक्सानी व्यवस्थापनका लागि ७७ करोड ८० लाख रुपैयाँ छुट्याएसँगै कम्पनी घाटामा गएको हो । इन्स्योरेन्सले विगतका वर्षहरुको वैदेशिक रोजगार बीमाहरुको पुल व्यवस्था पनि यही त्रैमासमा गरेकाले नोक्सानी बढ्न पुगेको हो ।
समीक्षा अवधिमा कम्पनीले ३४ अर्ब ९४ करोड ९७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यस्तै, बीमालेख धितोबापत २४ अर्ब ७६ करोड रुपैयाँ कर्जा प्रवाह गरी २ अर्ब ३८ करोड रुपैयाँ आम्दानी गरेको छ।त्यसैगरी, कम्पनीले पुनर्बीमा कमिसन बापत १ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको छ ।
हाल ८ अर्ब २० करोड ७९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडामा २८ करोड ८३ लाख रुपैयाँ सञ्चित छ । यस्तै, कम्पनीको जीवन बीमा कोषमा १ खर्ब ३६ अर्ब रुपैयाँ र महाविपत्ती कोषमा ७२ करोड रुपैयाँ सञ्चित छ।
नोक्सानीमा गएसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि ऋणात्मक भएको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४.०३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२२.२९ रुपैयाँ छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।