काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालका प्रवक्ता ज्ञानेन्द्र शाहीले संघीय निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेका छन् ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शाहीले आगामी मंसिर ४ गते हुने संघीय निर्वाचनका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । उनी एकमात्र निर्वाचन क्षेत्र जुम्लाबाट निर्वाचन लड्ने भएका छन् ।
घोषणा कार्यक्रममा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन पनि उपस्थित थिए । सामाजिक अभियन्ताको छवि बनाएका शाही गत फागुनमा राप्रपा प्रवेश गरेका थिए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।