add

म मन्त्री हुँदा गरेका निर्णयहरू नयाँ आएका मन्त्रीले उल्टाउन थाले : रामकुमारी झाँक्री






ActPro Nepal

|

२३ साउन, २०७९

|
852

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले आफू सहरी विकास मन्त्रालयमा रहदा भएका निर्णयलाई अहिले उल्टाउन खोजिएको भन्दै आपत्ति जनाएकी छन्।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले आफूले मन्त्रालयमा हुँदा गरेका निर्णयहरु नयाँ आएका सहरी विकास मन्त्रालय मेटमणि चौधरीले उल्टाउन थालेको भन्दै आपत्ति जनाएकी हुन्।

उनले जुनसुकै मन्त्रीले पनि राम्रा काम गरेको छ भने त्यसलाई निरन्तरता दिनुपर्ने बताइन्। उनले एउटै पार्टीमा रहेका व्यक्तिबीचको विचार फरक हुन सक्ने भन्दै आफ्नो कामको जिम्मा दिने तर अर्काको कामको जिम्मा नलिने तर्क गरिन्।

उनले आफू मन्त्री रहँदा योजनाबद्ध रुपमा काम गरेको भन्दै विकास निर्माणका विषयमा विभिन्न नीति परिमार्जनको प्रयास गरेको बताइन्।

झाँक्रीले असारको अन्तिम समयमा बजेट सिद्धाउनका लागि काम गर्दा त्यसको गुणस्तरमा कमी आएको र यस बिषयमा पनि आफु मन्त्रालयमा रहदा सार्वजनिक खरिद प्रक्रियामा जोड दिएको धारणा राखिन्। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.