add

लोसपा र राष्ट्रिय एकता पार्टीबीच एकीकरण






ActPro Nepal

|

२३ साउन, २०७९

|
818

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी र प्रेमदीप थाम्सुहाङ नेतृत्वको राष्ट्रिय एकता पार्टी नेपालबीच एकता भएको छ । ती दुई पार्टीबीच आज एक कार्यक्रमका बीच एकता घोषणा भएको हो ।

राष्ट्रिय एकता पार्टीले लोसपाको नाम, झन्डा र छाप स्वीकार गरेको र लोसपाले राष्ट्रिय एकता पार्टीले उठाउँदै आएको लिम्बुवान आन्दोलन, सरकारसँगको पाँच बुँदे सहमति, घाइते, अपांगता र लिम्बुवान सहिदबारे मुद्दाको स्वामित्व ग्रहण गर्ने सहमति भएपछि पार्टी एकीकरण भएको जनाइएको छ।

सम्झौतापत्रमा उल्लेख भएअनुसार राष्ट्रिय एकताका सबै तहका संगठनलाई लोसपामा समायोजन गरिनेछ। संघ र प्रदेशको चुनावमा राष्ट्रिय एकता पार्टीलाई समुचित स्थान दिइनुको साथै अध्यक्ष थाम्सुहाङलाई लोसपाको कार्यकारिणी सदस्य र प्रदेश १ इन्चार्जको जिम्मेवारी दिइएको सम्झौतापत्रमा उल्लेख छ। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.