add

इन्जिनबाट धुँवा निस्केपछि श्री एयरलाइन्सको विमान नेपालगञ्ज फर्काइयो






ActPro Nepal

|

१९ साउन, २०७९

|
512

काठमाडौं ।  विमानको इन्जिनमा समस्या देखिएपछि काठमाडौं उडेको श्री एयरलाइन्सको विमान पुनः नेपालगञ्ज विमानस्थल फर्काइएको छ । 

नेपालगञ्जबाट उँडेको केहीबेरमा नै इन्जिनबाट धुवाँ निस्केपछि श्री एयरको ९ एन–एएनएफ जहाजलाई पुनः नेपालगञ्ज विमानस्थल फर्काइएको हो । नेपालगञ्ज विमानस्थलका अनुसार इन्जिनमा खराबी देखिएपछि जहाजलाई सुरक्षित अवतरण गराइएको हो । 

जहाजमा चालक दलसहित ७९ जना यात्रु सवार थिए । नेपालगञ्ज विमानस्थलमा अवतरण गराइएपछि जहाजको प्राविधिक चेकजाँच सुरु गरिएको छ। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.