add

शेयर बजारको उकालो यात्रा कायमै,यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी






ActPro Nepal

|

१३ साउन, २०७९

|
799

काठमाडौं ।  साताको कारोबारको अन्तिमदिन शेयर बजार दोहोरो अंकले बढेको छ ।

कारोबार शुरु भएदेखि नै उकालो ओरोलो भैरहेको शेयर बजार मापक सूचक (नेप्से) १२.९२ अंकले बढेर २१४०.३९ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार शुक्रवार दुई घण्टाको कारोबारमा २१६ कम्पनीको २ अर्ब १९ करोड १६ लाख १९ हजार ९१४ रुपैयाँ बराबरको ५१ लाख ११ हजार३१० कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये १० समूहको परिसूचकमा हरियाली छाएको छ भने ३ वटाको घटेको छ । विकास बैंक समूह सबैभन्दा धेरै ४.६१ प्रतिशतले बढेको छ भने होटल समूह पनि ४.२१ प्रतिशतले बढेको छ ।

रिलायन्स लाइफ इन्स्योरेन्स र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

त्यसैगरी, लुम्बिनी विकास बैंक ८.८४, एक्सेल डेभलपमेन्ट बैंक ६.८४, सप्तकोशी विकास बैंक ६.१५, बोटलर्स नेपाल ६.१२, सोल्टी होटल, सप्तकोशी विकास बैंक, स्वरोजगार लघुवित्त र कर्णाली डेभलपमेन्ट बैंकका शेयरधनीले पनि ५ प्रतिशतभन्दा धेरै कमाएका छन् ।

नेप्सेका अनुसार आज बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ३.४८ प्रतिशतले घटेको हो ।

शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै १३ करोड रुपैयाँको शेयर किनबेच भएको छ । त्यस्तै, लुम्बिनी विकास बैंक ९ करोड र नागरिक लगानी कोष पौने ८ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.