add

झिनो अंकले बढ्यो नेप्से, ४ अर्ब ९७ करोडको कारोबार






ActPro Nepal

|

१२ साउन, २०७९

|
405

काठमाडौं । शेयर बजार झिनो अंकको बढेको छ । कारोबार शुरु भएदेखि नै उतारचढाव लागेको शेयर बजार मापक सूचक (नेप्से) १५.४४ अंकले बढेर २१२७.४२ विन्दुमा पुगेको हो ।

दिउँसो १:४०सम्म झन्डै ४५ अंकले बढेको नेप्से २ः५५ बजे ८ अंकले घटेको थियो भने अन्त्यमा १५ अंकले बढेर बन्द भएको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २२१ कम्पनीको ४ अर्ब ९७ करोड ६४ लाख ३३ हजार १०५ रुपैयाँ बराबरको १ करोड १९ लाख ५५ हजार ७६कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । बुधवार २२७ कम्पनीको ३ अर्ब १६ करोड १४ लाख ५५ हजार १४१ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये निर्जीवन बीमा, उत्पादनमूक र अन्यबाहेक बाँकी १० समूहको परिसूचकमा हरियाली छाएको छ । फाइनान्स समूह सबैभन्दा धेरै ३.२७ प्रतिशतले बढेको छ ।

कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । बिन्ध्याबासिनी हाइड्रोपावर १० प्रतिशतले बढेको छ भने डेभलपमेन्ट कम्पनी, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, एक्सेल डेभलपमेन्ट बैंक र हिमालयन पावर पार्टनरको शेयरमूल्यमा सर्किट लेभलमै बढेको छ ।

मध्येभोटेकोशी, तारागाउँ रिजेन्सी होटल र कर्णाली डेभलपमेन्ट बैंकको शेयर मूल्य साढे ७ प्रतिशतभन्दा धेरैले बढेको छ ।

नेप्सेका अनुसार आज राधी विद्युत कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य करिब ४ प्रतिशतले घटेको हो ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण काबेली पावर कम्पनीको भएको छ । यसको आज १७ करोड ९६ लाख भन्दा बढीको कारोबार भएको छ ।

शिवम् सिमेन्टको १५ करोड ८६ लाख र तेस्रोमा अपर तामाकोशीको १४ करोड १७ लाखको कारोबार भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.