add

सेयर बजारमा उच्च अंकको गिरावट,यी हुन् धेरै मूल्य घट्ने कम्पनी






ActPro Nepal

|

१० साउन, २०७९

|
601

काठमाडौं ।  शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक (नेप्से) ४४.८० अंकले घटेर २०८८.१६ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२२ कम्पनीको ३ अर्ब ७० करोड ४९ लाख ९८ हजार ३९८ रुपैयाँ बराबरको ८७ लाख ४० हजार ५५१ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा भारी गिरावट आएको छ ।

सोमबार सोमवार २१४ कम्पनीको ४ अर्ब १० करोड ६८ लाख १८ हजार ९४१ रुपैयाँ बराबरको ९९ लाख ४४ हजार ४८ कित्ता शेयर किनबेच भएको थियो ।

मंगलबार नेप्से ४४.८० अंकले घटेर २०८८.१६ विन्दुमा आइपुगेको छ । यसदिन २२२ कम्पनीको ३ अर्ब ७० करोड ४९ लाख ९८ हजार ३९८ रुपैयाँ बराबरको ८७ लाख ४० हजार ५५१ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । अन्य समूह सबैभन्दा धेरै ३.५६ प्रतिशतले घटेको छ । त्यस्तै, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, लगानी, माइक्रोफाइनान्स समूह पनि २ प्रतिशतभन्दा धेरैले घटेको छ।

आज पनि शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको १९ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, अरुण काबेली साढे १५ करोड र अरुण भ्याली १० करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

उच्च अंकले घटेको बजारमा आज गणपति लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ६.८२ प्रतिशत घटेको छ। त्यसैगरी, रिभर फल्स पावर ५.९९, सबैको लघुवित्त ५.१३, पोखरा फाइनान्स ५.१०, गुह्येश्वरी मर्चेन्ट ५.०३, मितेरी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, र एनएमबी माइक्रोफाइनान्सका सेयरधनीले साढे ४ प्रतिशत गुमाएका छन् ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.