add

गठबन्धनको डम्फू मात्रै बजाएर बस्न सकिँदैन: माधव नेपाल






ActPro Nepal

|

७ साउन, २०७९

|
1242

काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गठबन्धनको डम्फु मात्रै बजाएर बस्न नसकिने चेतावनी दिएका छन्। 

पार्टीनिकट नेपाल तामाङ संघ समाजवादीले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आगामी मंसिर पहिलो साता आम निर्वाचनको घोषणा हुने भन्दै गठबन्धनको डम्फु मात्रै बजाएर बस्न नसकिने बताएका हुन्। 

गठबन्धनको डम्फु बजाउने काम छोडेर पार्टीको संगठन सुदृढीकरणको काममा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए। स्थानीय तह निर्वाचनमा पार्टीलाई सुदृढ बनाउने काममा नलाग्दा सत्तारूढ अन्य दलहरूले आफूहरुलाई सहयोग नगरेको आरोप थियो। 

उनले भने, ‘अहिले तपाईहरुलाई थाहा छ–हामीले स्थानीय तह निर्वाचनमा भाग लियौं। अब मंसिर महिनामा चुनाव आउँदैछ। सम्भवत मंसिर महिनाको पहिलो हप्तामा चुनावको घोषणा हुनेछ। अब कति दिन कति हामीले गठबन्धनको डम्फु बजाएर बस्ने? अव डम्फु बजाउने होइन। अब यो पार्टीलाई बलियो बनाउने डम्फु बजाउने। यो पार्टीलाई सुदृढ बनाउने कुरा गर्ने हो। त्यो बेला हामीले गठबन्धन भएपछि त जिति हालिन्छ। फलस्वरुप हामीले गठबन्धन दलबाट जति सहयोग पाउनुपर्ने हो, जति महत्व पाउनुपर्थ्यो, त्यो पाउन सकेनौँ।’

आगामी आम निर्वाचनमा २० देखि २५ सिट ल्याउने दाबी गरे। स्थानीय तह निर्वाचनमा २८ प्रतिशत उम्मेदवारी दिँदा नौं लाख २७ हजार भोट पाएको उल्लेख गर्दै अध्यक्ष नेपालले सबै ठाउँमा उम्मेदवारी दिएर आगामी आम निर्वाचनमा जाँदा समानुपातिकसहित प्रतिनिधिसभामा आफ्नो पार्टीले २० देखि २५ सिट ल्याउने दाबी गरे। उनले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ आफ्नो पार्टीले आगामी निर्वाचनमा कम्तीमा १२ सिट जित्ने उल्लेख गरे। 

‘तर पनि चिन्ता गर्नुपर्ने कुरा के छैन भने हामीले उठाएका उम्मेदवार जम्मा करिव २८ प्रतिशत थिए । तर हामीले भोट कति ल्यायौ थाहा छ? नौ लाख २७ हजार । सबै ठाउँमा हामीले उम्मेदवार खडा गरेको भए २० देखि २५ लाख भोट पाउथ्यौं होला । २० देखि २५ लाख भोट पाएपछि २० देखि २५ सिट त हामीलाई कसैले पनि रोक्न सक्दैन नि समानुपातिकबाट। भनेपछि हाम्रो पार्टी कमजोर छैन’ उनले भने। 

‘यो कुरालाई बुझ्नुपर्ने आवश्यक्ता छ । नेपाली काँग्रेस एउटा शक्तिको रुपमा उदाएको छ । हिजोदेखिको इतिहास भएको हुनाले एमाले पनि खुम्चिँदै गएको भएतापनि त्यो दोस्रो शक्तिको रुपमा छ भने अनि माओवादीले पनि यस बीचमा जनयुद्ध लडेर आउने क्रममा आफ्नो हैसियत देखाएको छ भने हाम्रो पार्टी यति छोटो समयमा विद्रोह गरेर, नयाँ क्रान्तिकारी चेत लिएर आएको हाम्रो पार्टीले आफ्नो छुट्टै शक्ति देखाउन अवस्था छ। अहिले हाम्रो प्रतिनिधिसभामा समानुपातिकसहित २४ सिट छ। १२ जना प्रत्यक्षबाट निर्वाचित छौं हामी प्रतिनिधिसभामा। त्यसलाई त घटाउन सक्दैन कसैले पनि। त्यो हुनाले अरु पार्टी भन्दा हाम्रो हैसियत कमजोर हुने होइन नि।’

उनले छोटो समयमै आफ्नो पार्टीले सुदृढ भएर नयाँ कीर्तिमान कायम गरेको जिकिर गरे। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.