add

सेयर कर्जामा ४ हट्यो, १२ कायमै






ActPro Nepal

|

६ साउन, २०७९

|
943

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै सेयर कर्जाको सीमामा केही परिमार्जन गरेको छ।

राष्ट्र बैंकले शेयर कर्जामा लगाउदै आएको ४ करोडको सीमा हटाएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिबारे सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो जनाएका हुन् ।

यसअघि एउटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँ सम्मको समिा राखिएको थियो।

उक्त व्यवस्थामा ४ करोडको सीमा हटाएर सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्म मात्र लिन पाउने व्यवस्थालाई निरन्तरता दिइएको राष्ट्र बैंकले गरेको हो ।

यस्तै, २५ लाख रुपैयाँ भन्दा कमको शेयर कर्जामा जोखिम भार १ सय प्रतिशत बनाइएको छ भने त्यो भन्दा बढी रकमको कर्जामा जोखिम भार १५० प्रतिशत नै कायमै राखिएको छ ।

यस्तो छ चालु आवको मौद्रिक ननीतिको पूर्णपाठ




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.