add

२३ जलविद्युत् आयोजनाले पाए विद्युत् उत्पादन अनुमति






ActPro Nepal

|

६ साउन, २०७९

|
495

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/७९  मा विभिन्न २३ वटा जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको छ ।

ऊर्जा मन्त्रालय मातहतको विद्युत् विकास विभागले विभागले २३ वटा आयोजनाको निमार्ण अनुमति दिएको हो । चालू आवको हालसम्म अनुमतिपत्र दिइएका आयोजनाको क्षमता ४७४.८५५ मेगावाट रहेको छ ।

साथै विभागले गत वर्ष३२ वटा जलविद्युत् आयोजनालाई सर्वेक्षण अनुमति दिएको छ । सर्वोक्षण अनुमति प्राप्त आयोजनाको विद्युत उत्पादन क्षमता ११०० मेघावाट रहेको छ ।

विभागको तथ्यांक अनुसार निर्माण अनुमति पाएका आयोजना मध्ये सबैभन्दा धेरै क्षमताको मिचुली दोर्दे रहेको छ । यस आयोजनाको विद्युत उत्पादन क्षमता ५७ मेघावाट रहेको छ ।

पिपुल्स हाइड्रोपार कम्पनीले निमार्ण गर्न लागेको सो आयोजनाले निमार्ण अनुमति विभागबाट गत वैशाख २८ गते पाएको थियो । लम्जुङको धोदेनी फलेनी स्थित दोर्दि नदिमा बन्ने सो आयोजना बन्ने भएको हो ।

सबैभन्दा सानो हिमालयन इन्जिनियरिङ एण्ड इनर्जी प्रालिले २ मेगावाटको अरुणखोला जलविद्युत आयोजना निर्माण गर्न अनुमति पाएको छ । यस आयोजनाले गत पुस २८ गते नवलपरासीको अरुण खोलामा आयोजना निर्माणका लागि अनुमति पाएको हो ।

सर्वोक्षण अनुमति पाउने योजना मध्ये सबैभन्दा ठूलो क्षमताको अरुण ४ रहेको छ । संखुवासभामा निर्माण गरिने सो आयोजनाको विद्युत उत्पादन क्षमता ९०.२०० मेगावाट रहेको छ ।

यस आयोजनाको सर्वे नेपाल विद्युत प्राधिकरणले गर्ने भएको हो । यसैगरी, विभागले सबैभन्दा सानो क्लिन इनर्जी प्रालिले १.५२० मेगावाटको रुडी खोला जलविद्युत आयोजनाको सर्वे अनुमति दिएको हो ।





एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.