add

अदुवा हालेको चिया किन पिउने ? यस्ता छन् १२ फाइदा






ActPro Nepal

|

६ साउन, २०७९

|
949

काठमाडौं । हामीले प्राय विहान उठने वित्तिकै हात मुख धोएपछि चिया खाने गर्छौं । चिसो मौसममा अदुवा हालेर चिया खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । 

अधिकांश मानिसमा चिया पिउने लत छ । भेटघाट होस् वा सानातिना छलफल सबैतिर प्रायः चिया पिउने प्रचलन छ । तर धेरै चिया पिउनु पनि स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यद्यपी अदुवा हालेको चिया पिउँदा भने त्यसले स्वादमा मात्र परिवर्तन ल्याउँदैन ।

सादा चियाको सट्टा अदुवा र ल्वाङ राखेर चिया पिउने हो भने शरीरलाई फाइदा गर्छ । यसले शरीरलाई न्यानो पार्नुका साथै धेरै रोगबाट बचाउन मद्धत गर्दछ । अदुवाको चियाले पेटको समस्या हटाउनुका साथै तनाव पनि कम गराउँछ । अदुवामा पाइने भिटामिन, खनिज र एमिनो एसिडले रक्तसञ्चार सहज बनाउँछ । यो हृदयाघात र मुटुरोगीका लागि समेत गुणकारी छ  ।

चिकित्सकका अनुसार जाडोमा अदुवा र ल्वाङ हालेको चिया खानुका छुट्टै महत्व हुन्छ । अदुवामा भिटामिन सी को मात्रा धेरै हुन्छ । साथै म्याग्नेसियम र अन्य खनिज पदार्थ धेरै मात्रामा पाइन्छ । अदुवाको जरा स्वास्थ्यको लागि राम्रो मानिन्छ ।  यस्ता छन् जाडोमा अदुवाको चिया खानुका फाइदा

अदुवाको चिया खाँदाका फाइदा :-

१. पाचन प्रक्रियामा सुधार ल्याउँछ। शरीरमा अत्यावश्यक ग्यास्ट्रिक रसको उत्पादन बढाउँछ।

२. यात्रामा जानुभन्दा अघि अदुवाको चिया खाँदा बान्ता हुनबाट बचाउँछ।

३. शरीरको अनावश्यक तौल कम गर्न सहयोग पुर्‍याउँछ ।

४. रक्तसञ्चारमा सहयोग पुर्‍याउँछ। रगतमा हुने ग्लुकोजको स्तर व्यवस्थापन गर्छ।

५. महिनावारी गडबडी हुने महिलामा नियमित बनाउन सहयोग गर्छ ।

६. अल्जाइमरजस्ता घातक रोग लाग्नबाट बचाउँछ ।

७. हड्डी र बाथरोगका बिरामीका लागि फाइदा पुर्‍याउँछ।

८. क्यान्सरसँग लड्ने क्षमता बढाउँछ ।

९. दैनिक अदुवा चिया पिउँदा तनाव कम हुन्छ । यसले शरीरलाई ऊर्जा दिन्छ ।

१०. श्वासप्रश्वासको समस्याका लागि पनि अदुवाको चिया उपयोगी मानिन्छ।

११. यसले एन्टिअक्सिडेन्टको मात्रा बढाउँछ  र शरीरमा रोगप्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ।

१२. रगतमा ग्लुकोजको मात्रा सन्तुलित गर्छ । साथै, शरीरको अनावश्यक तौल कम गर्न मद्दत गर्छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.