काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णीम वाग्लेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका छन् ।
भारत भ्रमणमा गएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई मोदीले भेट नदिएको विषयबारे चर्चा परिचर्चा चलिरहँदा वाग्लेले मोदीसँग गरेको भेटको तस्बिर सार्वजनिक गरेका छन् ।
वाग्लेका अनुसार, १० दिनअघि दिल्लीमा केही अन्तर्राष्ट्रिय अर्थशास्त्रीहरूलाई मोदीले भेटेका थिए । त्यही क्रममा मोदीसँग उनको पनि भेट भएको हो ।
भेटका क्रममा आफूले मोदीले ‘नेपालको संसदमा उठाएको पूर्वाधार, डिजिटल अर्थतन्त्र र ऊर्जा प्रसारणबाट द्रुत विकास गर्ने पहलमा भारतको साथ हुनेछ’ भन्ने विषय उठाएको र मोदी मुस्कुराएको उनले उल्लेख गरेका छन् ।
‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमै आएर भन्नुभएको थियो- Highways, Infoways र Transways (HIT) अर्थात् पूर्वाधार, डिजिटल अर्थतन्त्र र ऊर्जा प्रशारणबाट द्रुत विकास गर्ने पहलमा भारतको साथ हुनेछ। १० दिनअघि दिल्लीमा केही अन्तर्राष्ट्रिय अर्थशास्त्रीहरुलाई भेट्ने क्रममा मैले यो प्रसङ्ग उठाउँदा मोदीजी मुस्कुराउनुभो,’ वाग्लेले ट्विट गरेका छन् ।
राष्ट्रिय योजना आयोगको उपाध्यक्षको भूमिका निर्वाह गरिसकेका वाग्ले हाल युएनडिपीको एसिया प्रशान्त क्षेत्रको प्रमुख सल्लाहकार छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।