add

प्रदेश र संघ निर्वाचनमा गठबन्धनबीच तालमेल गर्ने कांग्रेसको निर्णय






ActPro Nepal

|

२ साउन, २०७९

|
1037

काठमाडौं ।  सत्तारुढ नेपाली कांग्रेसले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनमा आबद्ध दलसँग तालमेल गर्ने निर्णय गरेको छ।

कांग्रेसको सानेपा मुख्यालयमा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले गठबन्धनका दलहरूसँग छलफल गरेर चुनावी तालमेल गर्ने निर्णय गरेको हो।

पार्टीलाई आउँदा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रस्ट बहुमत दिलाउने कांग्रेसको निर्णयमा भनिएको छ, ‘संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरणका गर्दै जनताको समुन्नतिको सपनालाई स्थिर सरकारमार्फत सम्बोधन गर्न केन्द्रीय समितिको बैठक सत्ता गठबन्धनमा रहेका दलहरूसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गर्दछ।’

तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक, सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्धलगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गर्नुपर्ने कांग्रेसको ठहर छ। ‘तालमेल गरिरहँदा कांग्रेसको मुख्य नेतृत्वदायी भूमिका रहेको यथार्थ, सांगठिनक वस्तुस्थिति तथा पार्टी पक्ति एवं शुभेच्छुकको भावनालाई दृष्टिगत गर्दै गठबन्धनमा रहेका दलहरूसँग संवादमार्फत निष्कर्षमा पुग्ने निर्णय यो बैठक गर्दछ,’ कांग्रेसले भनेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.