add

कठिन स्थितिमा टानकाे नेतृत्व लिएका सुवेदी, अबकाे प्रमुख गञ्तव्यमा राजनीति






ActPro Nepal

|

१ साउन, २०७९

|
1265

खुम बहादुर सुवेदी, अध्यक्ष, ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)

खुम सुवेदीले सन् २०१९–२१ कार्यकालको. लागि ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)को नेतृत्व गरिरहेका छन् । उनको कार्यकाल यतिबेला अन्तिम अवस्थामा छ । साथै श्रावण ३० गतेको लागि नयाँ नेतृत्वको लागि मिति समेत घोषणा भइसकेको छ ।

कठिन परिस्थितिमा टानकाे नेतृत्वः

सुवेदीको टानकाे नेतृत्व काल निकै कठिनपूर्ण रह्यो । विश्वभर सृजना भएको कोरोना महामारीको कारण सुवेदीको कार्यकालमा पूर्वअपेक्षित गतिविधिहरु सञ्चालन हुन सकेनन् । कोरोना महामारीको कारण थुप्रै व्यक्तिहरुले ज्यान गुमाउनुपर्यो । लकडाउनको कारण धेरै मानिसहरुका जीविकोपार्जनका आधारहरु नै टुटे । लामो अवधि अकल्पनीय रुपमा सबैले विभिन्न कष्टहरु सहनुपर्यो । अहिले कोरोना प्रकोप त मत्थर भएको छ । तैपनि नेपालको अर्थतन्त्र अझै पनि राम्रोसँग चलायमान हुन सकेको छैन । मुलुकको अर्थतन्त्र यतिबेला पनि कमजोर अवस्थामा छ । कमजोर अवस्थामा पुगेका व्यावसायिक गतिविधिहरुलाई पुनः सुचारु गर्नको लागि उद्योगी व्यवसायीहरुलाई ठूलो परिमाणमा सहुलियतपूर्ण कर्जाको आवश्यकता रहेको भएपनि यतिबेला नेपालका बैंकहरुमा कर्जायोग्य रकम नै उपलब्ध हुन सकेको छैन ।

कोरोना सङ्कटले पारेको तत्कालिन असर मात्र नभई दीर्घकालिन असर समेत यतिबेला हाम्रो अर्थतन्त्रमा देखिन शुरु गरेको छ । पर्यटन एवं होटल व्यवसाय, हस्तकला, मनोरञ्जन लगायतका थुप्रै क्षेत्रहरु अझै सुचारु बन्न सकेका छैनन् । राज्य पक्षसमेत मजबुत अवस्थामा नरहेको कारण राज्य पक्षसँग व्यावसायिक क्षेत्रले धेरै अपेक्षा गर्न सकिने स्थिति छैन ।

निरन्तर सक्रिय

परिस्थिति सहज नरहेको कारण प्रयाप्त कामहरु गर्न नसकेपनि सुवेदी आनन्दले बस्न भने सकेनन् । कठिन परिस्थितिमा समस्यामा रहेका सदस्य व्यवसायीहरुलाई मल्हमपट्टी लगाउन सुवेदी निरन्तर क्रियाशिल रहे । लकडाउनको कारण आर्थिक गतिविधिहरु निष्क्रिय रहेको समयमा सुवेदी विभिन्न राहतमूलक गतिविधिहरु एवं स्वास्थ्य सेवा प्रवाहमा केन्द्रित रहे । महामारीको समयमा नेपाली नागरिकहरुमा सचेतना जागरणको लागि सुवेदीले विभिन्न गतिविधिहरु सञ्चालन गरे । विभिन्न वेबिनारहरु सञ्चालन गरेर विज्ञहरु सहित आफ्ना सदस्यहरुलाई निरन्तर हौसला प्रवाह गरिरहे । व्यावसायिक वर्ग मात्र नभई सबै मानिसहरु आर्थिक एवं भौतिक रुपमा कमजोर रहेको अवस्थामा पनि आफ्नो बलबुताले भ्याएसम्म मानसिक रुपमा भने कहिल्यै पनि कमजोर नभई आत्मबललाई निरन्तर उच्च बनाइराख्न सम्पूर्ण व्यवसायीहरुलाई उनले प्रेरित गरिरहे । यसको अलावा व्यवसायीका समस्यालाई लिएर नेपाल पर्यटन बोर्ड, पर्यटन मन्त्रालय लगायतका निकायहरुलाई निरन्तर घच्घच्याइरहे ।

पर्यटन क्षेत्र सुधार र यस क्षेत्रको गुणात्मक विकासको लागि गर्नुपर्ने महत्वपूर्ण थुप्रै एजेण्डाहरु लिएर टानको नेतृत्व सम्हालेका सुवेदी कठिन परिस्थितिमा पनि आफू र आफ्नो टीमलाई निरन्तर साथ दिइरहेकोमा टानमा आवद्ध व्यवसायी, शुभचिन्तक एवं सम्पूर्ण सरोकारवाला निकायहरु प्रति आभार प्रकट गर्छन् ।

नेपालमा भएका महत्वपूर्ण पर्यटकीय डेस्टिनेसनहरुलाई अझै पनि अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न सकिएको छैन । आधारभूत सुविधाको उपलब्ध, आकर्षण र पहुँच (Accumulation, Attraction & Access) बीच अझै पनि उचित समन्वय हुन सकेका छैनन् । सरकार, निजी क्षेत्र र अनुसन्धाताहरु बीच जुन किसिमका हाम्रा पर्यटकीय सम्भावनाहरु बीच अध्ययन हुनुपर्ने थियो, त्यो हुन सकेको छैन । हाम्रा संस्कार, प्राकृतिक सम्पदा, मानव निर्मित संरचना लगायतमा नेपाल सम्पन्न हुँदाहुँदै पनि उपलब्ध स्रोत र साधनको राम्रोसँग परिचालन गर्न नसक्दा नेपालमा पर्यटन क्षेत्रलाई राम्रोसँग फस्टाउन सकिएको छैन

राजनीतिः अबकाे मुख्य गञ्तव्य

लामो समय पर्यटन व्यवसायमा संलग्न रहने क्रममा व्यवसायीहरुको मन जित्न सफल सुवेदी आफ्नो कार्यकाल पूरा गरेर बाहिरिँदै गर्दा उनी आफ्नो अबको गञ्तव्यको रुपमा राजनीतिलाई पनि सँगसँगै अङ्गिकार गर्ने मनस्थितिमा पुगेका छन् । लामो समय सामाजिक एवं व्यावसायिक गतिविधिहरुमा क्रियाशिल रहने क्रममा समाजका विभिन्न वस्तु-परिस्थितिलाई सुवेदीले नजिकबाट महसुस गरेका छन् । लामो समय देखि नेपाली काङ्ग्रेस निकट रही विभिन्न भूमिकाहरु निभाउँदै आएका छन् ।

हाल सम्म मूलभूतः रुपमा व्यावसायिक गतिविधिमा नै बढी क्रियाशिल रहँदै आए । सुवेदीले आफ्नो नेतृत्वमा सहज व्यावसायिक वातावरण निर्माण एवं सामाजिक सुशासनको उद्देश्यले राज्य पक्षसँग थुप्रै दबाबमूलक कार्यक्रमहरु पनि सञ्चालन गरेका छन् । यद्यपि आफू प्रत्यक्ष संलग्न नभई बाहिरबाट सञ्चालन गरेका गतिविधिहरुलाई परिणाममुखी बनाउन नसकिने र अझै पनि समाजमा विभिन्न किसिमका विकृति, विसङ्गति, असमानता एवं सामाजिक न्यायको अभाव रहेको स्थितिलाई .मध्यनजर गरेर नै आफू प्रत्यक्ष रुपमा राजनीतिमा जोडिन लागेको सुवेदी बताउँछन् । परिस्थितिले साथ दिएसम्म आफूले आगामी प्रदेशसभा निर्वाचनमा धादिङ जिल्लाबाट उम्मेदवारी दिन लागेको सुवेदीले बताए ।

राजनीतिमा समेत संलग्न रहने क्रममा पनि सुवेदी आफ्नो पुरानो व्यवसाय अर्थात पर्यटन क्षेत्रबाट कहिल्यै टाढिन नसक्ने बताउँछन् उनी । सुवेदी विगत २९ बर्ष देखि पर्यटन व्यवसायमा संलग्न रहँदै आएका छन् । जानेर वा नजानेरै भएपनि सुवेदी वि.सं २०४४ देखि नेवि संघ हुँदै राजनीतिमा जोडिएका हुन् । कतिपय व्यवसायीले राजनीतिलाई नै आर्थिक उपार्जनको माध्यमको रुपमा अपनाएको बताउँदै आफू कहिल्यै पनि निजी स्वार्थ बोकेर कुनै राजनीतिक पद ग्रहण नगर्ने बरु राजनीतिलाई सेवा भावको रुपमा अपनाउने बताउँछन् ।

पर्यटन उद्योगलाई पहिलेकै अवस्थामा पुर्याउन अझै केही समय लाग्ने देखिन्छ । कोरोना महामारीको प्रभाव अत्यन्तै न्यून भएको अहिलेको अवस्थामा पनि नेपाल लगायत विश्व अर्थतन्त्र नै अत्यन्तै समस्यापूर्ण स्थितिमा छ । यसले पनि पर्यटन उद्योगलाई चलायमान बनाउनको लागि निकै समस्या सृजना हुने स्थिति छ ।

नेपालमा पर्यटनको सम्भावना

नेपालमा पर्यटन क्षेत्रको सम्भावना निकै राम्रो छ । यस क्षेत्रमा अहिले पनि थुप्रै समस्याहरु छन् । कोरोना महामारीसँगै सुस्ताएका पर्यटकीय गतिविधिहरुलाई अझै पनि राम्रोसँग चलायमान बनाउन सकिएको छैन । पर्यटन क्षेत्र आफैंमा व्यापक क्षेत्र हो । ट्रेकिङ एजेन्सी एसोसिएसन नेपाल (टान)ले मूलतः पदयात्रा लगायतका विविध मुद्दाहरुलाई उठान गर्दै आइरहेको छ । ट्रेकिङ इन्फरमेसन म्यानेजमेन्ट सिष्टम (टिम्स) अन्तरगत नेपालमा भित्रिने पर्यटकहरुको तथ्याङ्कलाई व्यवस्थित तवरले लिस्टिङ गर्न नसक्दा पनि यकिन तथ्याङ्कमा समस्या परेको छ । विदेशी पर्यटकहरु नेपालमा घुम्ने क्रममा पर्यटकको सुरक्षा समेतलाई मध्यनजर गरी भ्रमणको क्रममा कम्तीमा एकजना सहायकलाई साथमा लिएर जानुपर्ने आवश्यकता छ । नेपालमा भएका महत्वपूर्ण पर्यटकीय डेस्टिनेसनहरुलाई अझै पनि अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न सकिएको छैन । आधारभूत सुविधाको उपलब्ध, आकर्षण र पहुँच (Accumulation, Attraction & Access) बीच अझै पनि उचित समन्वय हुन सकेका छैनन् । सरकार, निजी क्षेत्र र अनुसन्धाताहरु बीच जुन किसिमका हाम्रा पर्यटकीय सम्भावनाहरु बीच अध्ययन हुनुपर्ने थियो, त्यो हुन सकेको छैन । हाम्रा संस्कार, प्राकृतिक सम्पदा, मानव निर्मित संरचना लगायतमा नेपाल सम्पन्न हुँदाहुँदै पनि उपलब्ध स्रोत र साधनको राम्रोसँग परिचालन गर्न नसक्दा नेपालमा पर्यटन क्षेत्रलाई राम्रोसँग फस्टाउन सकेछैन । यस्ता विभिन्न समस्याहरु अहिले पनि पर्यटन व्यवसायीहरुले सामना गर्दै आउनुपरेको छ ।

राजनीति प्रतिको सुवेदीको धारणा

मुलुकलाई चलाउने सबै नीतिनियमहरु राजनीतिबाट नै निर्माण हुँदा रहेछन् । मुलुक सञ्चालनको लागि कुनै विचारधारासँग नजिक रहने क्रममा उक्त विचारको अबलम्बन गर्ने दलमा विषय विज्ञहरु समावेश हुन सकेको खण्डमा सम्बन्धित क्षेत्रका मुद्दाहरु यथोचित रुपमा सम्बोधन हुन सक्छन् । त्यसो हुन नसकेको खण्डमा कुनै पनि मुद्दाको दिगो समाधान दिन सकिँदैन भन्ने बुझेसँगै आफूले नेपाली काङ्ग्रेस मातहत रही पर्यटन क्षेत्रको वृहत्तर विकासमा योगदान दिन पहल गर्ने प्रयाशमा सुवेदी सदैव लागिरहनेछन् । अहिले पर्यटन र राजनीतिलाई एउटै सिक्काको २ पाङ्ग्रा रहेको अर्थमा समेत सुवेदीले बुझेका छन् ।

पर्यटनले गति लिन थप समय लाग्छ

पर्यटन उद्योगलाई पहिलेकै अवस्थामा पुर्याउन अझै केही समय लाग्ने देखिन्छ । कोरोना महामारीको प्रभाव अत्यन्तै न्यून भएको अहिलेको अवस्थामा पनि नेपाल लगायत विश्व अर्थतन्त्र नै अत्यन्तै समस्यापूर्ण स्थितिमा छ । यसले पनि पर्यटन उद्योगलाई चलायमान बनाउनको लागि निकै समस्या सृजना हुने स्थिति छ ।

राजनीतिमा लाग्ने व्यवसायी स्वार्थकेन्द्रित हुनुहुँदैन

अहिले थुप्रै व्यवसायीहरु राजनीतिमा पनि संलग्न हुन पुग्नुभएको छ । जुन आफैंमा राम्रो कुरा हो । जुनसुकै विचारधाराबाट निर्देशित भएपनि सबै राजनीतिक दलहरु निर्देशित हुने सिद्धान्त सबैका राम्रा नै छन् । ती नीति प्रतिको बुझाई र कार्यान्वयन पक्ष बढी महत्वपूर्ण हुने गर्छ । पछिल्लो समय केही व्यवसायमा संलग्न व्यक्तिहरु सेवा भन्दा बढी स्वार्थबाट प्रेरित भई राजनीतिमा जोडिने क्रम बढेको समेत पाइन्छ । साथै आर्थिक रुपमा सवल त्यस्ता व्यक्तिहरुले नै तुलनात्मक रुपमा कम मेहनतमा जनमत प्राप्त गर्न सकेको स्थिति छ । स्वार्थबाट प्रेरित भएर पदमा पुग्ने व्यक्तिको स्वार्थकेन्द्रित भावनाको कारण अहिले समस्या सृजना भएको हो । यसलाई सुधार्दै लैजानु जरुरी छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.