add

आफैँले बनाएको ब्रान्डमा निर्देशक नारायण रायमाझीको छायाँमा ‘परदेशी’ भए प्रशान्त तामाङ






ActPro Nepal

|

२७ असार, २०७९

|
1291

काठमाडौं । नारायण रायमाझीले निर्देशन गरेको पहिलो फिल्म हो ‘गोर्खा पल्टन’ । 

यो फिल्मको सफलताले उनलाई निर्देशनमा निरन्तरता दिने बाटो बनायो । फिल्ममा थिए , प्रशान्त तामाङ । इन्डियन आइडल भएपछि प्रशान्तले केही नेपाली गीत गाउनुका साथै नेपाली फिल्ममा अभिनय पनि गरे । उनको गोर्खा पल्टन बाहेक अन्य फिल्मलाई दर्शकले साथ दिएनन् ।

त्यसपछि प्रशान्तलाई नै लिएर निर्देशक रायमाझीले परदेशी बनाए ।  निर्देशक रायमाझीले परदेशीकै नाम सापटी लिँदै ‘परदेशी २’ तयार गरे ।  

महामारीका कारण प्रदर्शन रोकिएको फिल्म ‘परदेशी २’ ले प्रदर्शन मितिसँगै टिजर सार्वजनिक गरेको छ । तीन दिनअघि सार्वजनिक टिजरले राम्रो संख्यामा दर्शक पाएको छ र टिजर युट्युब ट्रेन्डिङमा समेत छिरेको छ । 

टिजर भनिए पनि ट्रेलर शैलीमा रिलिज भएको नारायण रायमाझी निर्देशित फिल्मको टिजरमा सिरिजका प्रमुख अभिनेता प्रशान्त तामाङलाई पूरै ओझेलमा राखिएको छ । गोर्खापल्टन स्टार तामाङलाई ओझेलमा पारिएकोप्रति सामाजिक सञ्जालमा रायमाझीको आलोचना भएको छ ।

कथामा इमान्दार हुने हो भने निर्देशकले सिरिजको मुख्य पात्रलाई त्यसरी छायाँमा पार्न नहुने टिप्पणी उठेको छ । पौने तीन मिनेटको टिजरमा प्रशान्तको एउटा मात्र दृश्य छ । प्रशान्त निकट स्रोतका अनुसार टिजरलाई लिएर उनी खुसी छैनन् ।

यतिबेला प्रशान्त भारतमै छन् र उनी फिल्मको प्रचारमा आउने वा नआउने टुंगो पनि छैन ।

मेकिङको हिसाबले टिजर ठीकै भए पनि यो फिल्मको ब्रान्ड भ्यालुले भोलिका दिनमा फिल्मले राम्रो व्यापार गर्ने विश्वास गर्न सकिन्छ । तर सार्वजनिक टिजरमा जसले यो ब्रान्ड बनायो, उही कलाकार भने ओझेल परेको आभास हुन्छ ।

नारायण रायमाझीका लागि मात्र प्रशान्त तामाङ ‘लक्की चार्म’ रहँदै आएका छन् । नत्र भने प्रशान्त तामाङ खेलेको अरु फिल्म आएको गएको पनि चाल हुन्न ।

तर यिनै ‘लक्की चार्म’लाई यो पटक भने निर्देशक रायमाझीले छायाँमा राखेका छन् । पौने तीन मिनेट लामो टिजरमा प्रशान्तको एउटा भन्दा दृश्य छैन । पूरा टिजर भरि प्रकाश सपूत छाएका छन् । अब यो नारायण रायमाझीको छनौट हो कि प्रकाश सपूतप्रतिको ज्यादा भरोसा ।

तर प्रशान्त तामाङ आफैँले हिट बनाएको नामको सिक्वेलमा ‘एक्स्ट्रा’ जस्तो देखिँदा प्रशान्तका फ्यान पक्कै खुसी छैनन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.