add

ज्योती गुरुङको ‘मेरो ड्याडी’मा सुनिता र सुप्रिमको स्वर






ActPro Nepal

|

२७ असार, २०७९

|
1677

काठमाडौं। गीतकार ज्योती गुरुङद्वारा लिखित ‘मेरो ड्याडी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । आज (शुक्रबार) जेजी क्रियशन युट्युब च्यानलमार्फत उक्त गीत बजारमा आएको हो ।

गीतमा गायिका सुनिता दुलाल र बाल गायक सुप्रिम मल्ल ठकुरीको स्वर रहेको छ । गंगाराज राईको संगीत रहेको गीतमा राजु कार्कीले संगीत संयोजन गरेका छन् । किङ्ग रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतमा राजु कार्कीले मिक्सिङ एण्ड मास्टरिङको काम गरेका छन्।

गीतको भिडियोमा अभिनेता पुष्प खड्का र मोडल सारिका केसीलाई फिचरिङ गरिएको छ । भिडियोमा मौसम हिमालीको निर्देशन रहेको छ । नवराज उप्रेतीले छायाँकन गरेको भिडियोलाई राजकुमार श्रेष्ठले सम्पादन गरेका हुन् ।

राइज मिडिया नेटवर्कले पोष्ट प्रोडक्सन गरेको भिडियोमा सिमोन लामाले कलर गरेका हुन् ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.