add

भाषा, साहित्य, संस्कृति र नाट्य विधा मुलुकका गहना : प्रधानमन्त्री देउवा






ActPro Nepal

|

२६ असार, २०७९

|
864

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भाषा, साहित्य, संस्कृति नाटकलगायत विधा मुलुकका गहना भएको बताएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज नेपाल प्रज्ञा-प्रतिष्ठानमा आयोजना गरेको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले भाषा साहित्य राष्ट्रिय गौरव एवम् सभ्यता र संस्कृति धरोहर भएकाले यसबाट मुलुकको प्रतिष्ठा उच्च बनाउन योगदान पुगेको बताएका हुन् ।

प्रधानमन्त्री देउवाले मुलुकको समृद्ध भाषा, संस्कृति र सभ्यताका माध्येमबाट देश तथा विदेशमा राष्ट्रको पहिचान गराउन सफल हुने विश्वाससमेत व्यक्त गरे ।

उनले भने, ‘भाषा, साहित्य, संस्कृति संगीत, नाट्यकलालगायत विधा हाम्रो सभ्यता, संस्कृति र राष्ट्रिय गौरव हुन् । यसका माध्येमबाट स्वदेश तथा विदेशमा नेपालको विशिष्ट पहिचान बनाउन महत्वपूर्ण सहयोग पुग्दै आएको छ, भाषा संस्कृतिका सिर्जनात्मक अभ्यासमा योगदान गर्ने सर्जक र स्राष्टाको योगदानको कदर गर्नु राज्यको दायित्व पनि हो ।’

प्रधानमन्त्री देउवाले स्रष्टा र साधकको सम्मानबाट उनीहरूको कामको योगदान हुनाका साथै नयाँपुस्तालाई सिर्जनात्मक कार्यमा प्रोत्साहित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

उनले पुरस्कृत प्रतिभाका माध्येमबाट आगामी दिनमा राष्ट्रको भाषा, साहित्य र संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गर्दै यस क्षेत्रको विकासका लागि सरकार सदैव सहयोग गर्न तत्पर रहेको बताए ।

प्रधानमन्त्री देउवाले सरकारले प्रदान गर्ने विभिन्न राष्ट्रिय तथा क्षेत्रीय प्रतिभा पुरस्कारद्वारा पुरस्कृत स्रष्टा र साधकबाट मुलुकको श्रीवृद्धिमा थप प्रेरणा मिलोस् भनी कामना गरे ।

मन्त्रालयले विभिन्न ९ विधाका पुरस्कर ४३ स्रष्टालाई प्रदान गरेको छ । राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कर, महाकवि लक्ष्मीप्रसाद देवकोटा पुरस्कार, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार तथा इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कार प्रदान गरिएको हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.