add

माओवादी केन्द्रको बैठक आज,पदाधिकारी टुंग्याउने तयारी






ActPro Nepal

|

२३ असार, २०७९

|
894

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । 

दुई दिन लगातार स्थगित भएको बैठक आज बिहान ११ बजे बोलाइएको छ। पदाधिकारी र स्थायी समिति सदस्यमा सहमतिका लागि छलफल गर्न मंगलबार बैठक स्थगित गरिएको थियो।

त्यस्तै, बुधबार शीर्ष नेतृत्व प्रतिनिधि सभा बैठकमा उपस्थित हुनुपर्ने भएकाले स्थगित गरिएको जनाइएको थियो। प्रतिनिधि सभा बैठकमा जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।

प्रज्ञा भवनमा जारी केन्द्रीय समिति बैठकको पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका थिए। दोस्रो दिन असार २० गते त्यसमाथि केन्द्रीय सदस्यले धारणा राखेका थिए।

आजको बैठकमा अध्यक्ष दाहालले पदाधिकारी र स्थायी समितिको नाम प्रस्ताव गर्ने तयारी रहेको जनाइएको छ। माओवादी पूर्व स्थायी समितिका सदस्यको बैठकले यसको जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिएको थियो।

गत पुसमा सम्पन्न माओवादी महाधिवेशनले अध्यक्ष र केन्द्रीय सदस्यको टुंगो लगाएको भए पनि पदाधिकारी, स्थायी समिति सदस्य र पोलिट ब्यूरो सदस्य तय गर्न बाँकी छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.