add

विप्लव नेतृत्वको नेकपाले आगामी संघीय चुनावमा भाग नलिने






ActPro Nepal

|

२२ असार, २०७९

|
1003

काठमाडौं । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी संघीय चुनावमा भाग नलिने भएको छ । 

बुधबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा विप्लवले हरेक मोर्चामा पार्टी जनतासंग संगै रहने र निर्वाचनमा भने भाग नलिने घोषणा गरेका हुन् । उनले जनताका मुद्धाहरुलाई अघि बढाउनका लािग क्रान्तिकारी मोर्चाको बिषयमा छलफल गर्ने बताए ।  

त्यस्तै उनले अमेरिकी सैन्य सहयोग स्टेट पाट्नरसिप प्रोग्राम(एसपीपी) कुनै हालतमा लागु हुन नदिने चेतावनी दिए  । मुलुकमा भएको स्रोत र साधनलाई कब्जा गरी परनिर्भरता बनाउन खोजेको आरोप लगाउँदै त्यसको प्रतिरोध गर्ने उनको भनाई छ ।उनले एमसीसी र एसपीपीका सन्दर्भमा कांग्रेस अमेरिकाप्रति बफादार देखिएको धारणा पनि राखे ।  उनले एमसीसीविरुद्ध आन्दोलनमा उत्रिँदा पक्राउ परेका विद्यार्थीहरुसँग लाखौं रुपैयाँ धरौटी मागेको प्रति आपत्ती जनाए ।

राजासँग सेनालाई मिलाए अरु पार्टीलाई प्रतिबन्ध लगाउने तयारी गरेको केहि नेताले भन्ने गरेको आफुले सुनेको भन्दै उहाले देशहित बिपरित काम गर्नेलाई प्रतिवन्ध नै लगाउने जिकिर गरे । विप्लवले जनताले पूर्ण रुपमा अधिकार प्राप्ती नगरेसम्म संघर्ष जारी रहने स्पष्ट पारे । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.