add

प्रदेश र प्रतिनिधिसभा निर्वाचन एकै चरणमा गर्न सिफारिस






ActPro Nepal

|

२२ असार, २०७९

|
828

काठमाडौँ  । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन एकै चरणमा गर्नेगरी सरकारसमक्ष मिति सिफारिस गरेको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बुधबार आयोगका प्रमुख  आयुक्त  दिनेशकुमार थपलियासहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आउँदो २ मङ्सिरमा प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्न मिति सिफारिस गरेको हो । ‘आज प्रमुख आयुक्तसहितको टोलीले प्रधानमन्त्रीज्यूलाई भेटेर एकै चरणमा मंसिर २ गते प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन गर्न मिति सिफारिस गरेको छ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने । 

जवाफमा प्रधानमन्त्री देउवाले २ मङ्सिरकै सेरोफेरोमा रहने गरी उपयुक्त समयमा उपयुक्त मिति घोषणा गर्ने बताएका उनले जानकारी दिए । 

आयोगको सिफारिसमा सरकारले निर्वाचनको मिति तोक्ने संवैधानिक व्यवस्था छ भने निर्वाचन गराउन आयोगलाई तयारीका लागि १२०  दिन आवश्यक पर्नेछ । यसबारे पनि आयोगको टोलीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.