add

अर्थमन्त्री शर्माले आज राजीनामा दिने सम्भावना !






ActPro Nepal

|

२२ असार, २०७९

|
862

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आज पदबाट राजीनामा दिने भएका छन्।

प्रचण्ड निकट स्रोतका अनुसार अर्थमन्त्री शर्माले संसदमा आफ्ना कुरा राखेर राजीनामा दिने सहमति भएको हो।

बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु हुन सकेको छैन। अर्थमन्त्री शर्माले प्रतिनिधिसभा बैठकमा आफ्ना भनाइ राखेर राजीनामा दिन लागेकाले बैठक बस्न विलम्ब भइरहेको विश्वस्त स्रोतको भनाइ छ।

यसै विषयलाई लिएर नेकपा माओवादी केन्द्र पूर्वस्थायी कमिटी सदस्यहरूको आज बिहान बैठकसमेत बसेको थियो। अर्थमन्त्री शर्मामाथि बजेट निर्माणका क्रममा करको दर हेरफेरका लागि अनधिकृत व्यक्ति प्रयोग गरिएको आरोप लागेको छ।

यसलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार संसदमा अर्थमन्त्रीको राजीनामा माग गर्दै आइरहेको छ।

मन्त्री शर्मा र अर्थ मन्त्रालयले भने कर विज्ञहरुकै सल्लाहमा करको दर हेरफेर गरिएको र मन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश नभएको स्पष्टीकरण दिइसकेकाे छ।

सो दिनको सिसीटिभी फुटेजसमेत मेटिएको सूचना सार्वजनिक भएपछि भने मन्त्री शर्माको थप आलोचना भएको थियो।

यस विषयमा प्रतिपक्षी दल मात्र नभएर  सत्तारुढ दलकै सांसदहरु तथा पूर्वप्रधानन्यायाधीशसहितका नागरिक अगुवाहरुले समेत मन्त्री शर्माले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग राख्दै आएका छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.