add

नवनियुक्त मन्त्रीले लिए शपथ






ActPro Nepal

|

२० असार, २०७९

|
683

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएकी छन् । राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपतिले नवनियुक्त मन्त्रीहरू मृगेन्द्रकुमार सिंह, मोहम्मद इश्तियाक राई र प्रदीप यादवलाई शपथ ग्रहण गराएकी हुन् ।

राष्ट्रिय जनता पार्टीबाट तीनवटा मन्त्रीले शपथ लिएका हुन् । नवनियुक्त मन्त्रीहरू कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव रहेका छन् । जसपाले सोमबार उनीहरूलाई मन्त्रीमा सिफारिस गरेको थियो । सोहीअनुसार प्रधानमन्त्री शेरबहादुर देउवालाई उनीहरूलाई मन्त्री नियुक्त गरेका थिए ।

जसपाले महिन्द्रराय यादव, रेणुकुमारी यादव र रामसहायप्रसाद यादवलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाएको हो । जसपाबाट यसअघी मन्त्री भएका राजेन्द्र श्रेष्ठलाई भने फिर्ता बोलाएको छैन ।

जसपामा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच विवाद उत्कर्षमा पुगेको बेला मन्त्री हेरफेर भएको हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.