add

ओन्टारियोसँग टी-२० खेल खेल्दै नेपाल






ActPro Nepal

|

१९ असार, २०७९

|
856

काठमाडौं । दुई एकदिवसीय श्रृंखलाको लागि क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइतबार ओन्टारियो क्रिकेट क्लबविरुद्ध दोस्रो अभ्यास खेल खेल्दै छ ।

खेल नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

खेल टी-२० फर्म्याटमा हुनेछ । यसअघि नेपालले ओक्टारियोसँग एकदिवसीय अभ्यास खेल खेलेको थियो । अघिल्लो खेलमा नेपाल ६९ रनले विजयी भएको थियो ।

पूर्व तालिकाअनुसार ओन्टारियोसँग एक खेल खेल्ने कार्यक्रम रहेको थियो । तर क्यानले आपसी समझदारीमा दुई खेल हुने तय भएको बताएको हो ।

यसपछि सन्दीप लामिछानेको कप्तानीमा नेपालले टिमले क्यानडासँग दुई एकदिवसीय श्रृंखला खेल्नेछ । पहिलो खेल ४ जुलाई र दोस्रो ५ जुलाईमा रहेको छ ।

त्यसलगत्तै नेपाली टिम स्कटल्यान्डमा हुने आईसीसी विश्वकप लिग २ को त्रिकोणात्मक श्रृंखला खेल्न स्कटल्यान्ड प्रस्थान गर्नेछ । जहाँ घरेलु टोली स्कटल्यान्ड, नेपाल र नामिविया भिड्नेछन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.