add

इसेवाबाट बीमाशुल्क भुक्तानी गर्दा दुईसय रूपैयाँ क्यासब्याक पाइने






ActPro Nepal

|

१३ असार, २०७९

|
791

काठमाडौं । अन्तर्राष्ट्रिय बीमा जागरूकता दिवसका दिनमा इसेवाले आफ्नो ग्राहकहरुको लागि विशेष अफर सार्वजनिक गरेको छ ।

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले मंगलबार परेको अन्तर्राष्ट्रिय बीमा जागरूकता दिवसका अवसरमा विशेष अफर सार्वजनिक गरेको हो ।

यस अफर अन्तरगत मंगलबार (अन्तर्राष्ट्रिय बीमा जागरूकता दिवस) का दिनमा दिउसो १२ बजेदेखि २ बजेसम्म इसेवामार्फत जीवनबीमाको बीमाशुल्क भुक्तानी गर्दा रू २०० क्यासब्याक प्राप्त गर्न सकिने कम्पनीले बताएको छ ।

यसैगरी जीवन बीमा कम्पनीमा गइ सोही दिन क्यूआर मार्फत भुक्तानी गर्दा पनि सोही क्यासब्याक पाउन सकिनेछ । यसैगरी यसरी इसेवामार्फत भुक्तानी गर्दा इसेवाले हाल सञ्चालन गरिरहेको लखपति योजनामा समेत सहभागी हुन पनि सकिने छ ।

इसेवाले बीमितहरुले घरमै बसेर बीमा शुल्क भुक्तानी गर्न प्रोत्साहन मिलोस् भन्ने उदेश्यले बीमितहरूका लागि लखपति योजना सञ्चालन गरिरहेको कम्पनीले जनाएको छ ।

भदौ ५ गतेसम्म सञ्चालन हुने यस योजनामा इसेवाबाट कुनैपनि जीवन बीमा कम्पनीको बीमा शुल्क भुक्तानी गर्ने व्यक्तिहरुमध्येबाट बम्पर उपहारमा एक जनाले एक लाख रुपैयाँ उपहार प्राप्त गर्ने छन् ।

यस्तै उपहार बिजेता बीमितको बीमा एजेन्ट र सोही एजेन्टको शाखा कार्यालयले पनि रु २०÷२० हजार नगद उपहार प्राप्त गर्नेछन् । यसैगरि योजना सञ्चालन अवधिभर बीमा शुल्क भुक्तानी गर्नेहरु मध्येबाट हरेक दिन एक जनाले गोलाप्रथा मार्फत एक हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

यो योजना नेपालमा सञ्चालिन सबै बीमा कम्पनीको शुल्क भुक्तानी गर्दा लागु हुनेछ । इसेवाले पछिल्ला दिनमा इन्स्योरेन्स्को प्रिमियम अनलाइनबाट भुक्तानी गर्न प्रोत्साहन गर्नका लागि विभिन्न अफर तथा योजना सार्बजनिक गर्दै आएको छ ।

इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५२ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरि ६० लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ ।

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाईल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.