काठमाडौं । नेपाली बजारमा बुधबार सुन तोलामा ४ सय रूपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार ३ सय रूपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन स्थिर रहेर प्रतितोला ९७ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, यसदिन तेजावी सुन ९६ हजार ८ सय रूपैयाँ निर्धारण भएको छ । महासंघका अनुसार आज चाँदी १० रूपैयाँले घटेर प्रतितोला १ हजार २५५ रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार २६५ रूपैयाँमा कारोबार भएको थियो।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।