काठमाडौं । एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपालले आज बहराइनसँग खेल्दैछ ।
खेल किनरारा ओभलमा बिहान सवा ८ बजे हुनेछ । आज नेपाल लगातार तेस्रो जितको खोजीमा हुनेछ ।
नेपालले यसअघि पहिलो खेलमा भुटानलाई ५० रनले र कुवेतलाई २५ रनले हराएको थियो । समूह ुबीु मा रहेको नेपाल शीर्ष स्थानमा रहेको छ ।
नेपालले २ खेलमा ४ अङ्क जोडेको छ । बहराइनलाई हराएमा नेपाल एक खेल अगावै सेमिफाइनलमा पुग्नेछ । बहराइन २ खेलमा १ अङ्क जोडेर चौथो स्थानमा रहेको छ । नेपालले अन्तिम खेलमा भोलि हङकङसँग खेल्नेछ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।