add

एसीसी च्याम्पियसिपमा आज कुवेतसँग भिड्दै नेपाल






ActPro Nepal

|

४ असार, २०७९

|
595

काठमाडौं । एसीसी महिला टी–२० च्याम्पियनसिपअन्तर्गत आज नेपाल र कुवेतको खेल हुँदै छ।

मलेसियाको क्वालालम्पुरस्थित किन्रारा एकेडेमी ओभलमा नेपाल र कुवेतको खेल हुनेछ। नेपाल र कुवेतको खेल आज दिउसो १२ः४५ बजे हुनेछ।

यसअघि शुक्रबार भएको खेलमा नेपालले भूटानलाई पराजित गरेको थियो। नेपालले भूटानलाई ५० रनले पराजित गरेको हो।

नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भुटानले १७.५ बलमा सबै विकेट गुमाउँदै ४४ रनमा समेटिएको थियो। नेपालले नौ विकेटको क्षतिमा ९४ रन बनाएको थियो।

समूह बी मा रहेको नेपालले दुई अंकसहित शीर्षस्थानमा छ। नेपालकै समूहमा रहेका बहराइन र कुवेतले एक एक अंक जोडेर दोस्रो र तेस्रो स्थानमा छन्। भूटानले पहिलो खेल हारेको छ भने हङकङले खेल्न बाँकी छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.