add

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची






ActPro Nepal

|

२ असार, २०७९

|
758

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज प्रधानमन्त्री शेरबहादुर देउवाले जवाफ दिने भएका छन्।

प्रतिनिधिसभामा बजेटमाथि छलफल चलिरहेको छ। बजेटमाथिको छलफलका क्रममा सांसदले उठाएका प्रश्नको मन्त्रीहरुले जवाफ दिइरहेका छन्।

त्यहिक्रममा आज रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित विषयमा प्रधानमन्त्री र सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ।

आजको बैठकमा प्रधानमन्त्री देउवासहित मन्त्रीहरुले जवाफ दिने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए। त्यसका लागि प्रतिनिधिसभाको बैठक आज दिउसो १ बजे बोलाइएको छ।

बुधबार राति साढे ९ बजेसम्म प्रतिनिधिसभाको बैठक चलेको थियो। बैठकमा विभिन्न मन्त्रीले सांसदका प्रश्नको जवाफ दिएका थिए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.