add

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अभिभावकत्व ग्रहण गरेका विद्यार्थीलाई खर्च अभाव






ActPro Nepal

|

३१ जेठ, २०७९

|
843

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अभिभावकत्व ग्रहण गरेका विद्यार्थीलाई अध्ययन खर्च अभाव भएकाे छ ।

२०७५ साल वैशाख १ गते कर्णाली रारा पर्यटन महोत्सव उद्घाटन गर्दै अध्यक्ष ओलीले मुगुको मुगूम कार्मारोङ गाउपालिका-८ मांग्रीमाकी ठिल्लेसाङ्मु लामालाई अभिभावकत्व ग्रहण गरेका थिए । 

ओलीले लामाकाे अध्ययन, गाँस, बास, कपासकाे जिम्मा लिएपनि खर्च नपठाउँदा लामा खर्च अभावसँग जुधिरहेकी छिन् । अभिावकत्व ग्रहण गरेपछि अध्यक्ष ओलीले तीन पटक १०/१० हजार नगद र  एक पटक लत्ता कपडा मात्र सहयोग गरेको ठिल्लेसाङ्मु आमा छिचु लामाले बताइन् ।

ठिल्लेसाङ्मु अहिले बुद्ध माद्यमिक विद्यालयको कक्षा ४ मा अध्यायनरत छिन् । अध्ययनमा तीक्ष्ण रहेपनि आर्थिक समस्याले गर्दा ठिल्लेसाङ्मुलाई पठनपाठनमा कापी, कलम, ड्रेस अभाव रहेको प्रधानाध्यापक टीकाप्रसाद उपाध्यायले जानकारी दिए ।

उनलाई अध्ययनका लागि आवश्यक सामग्री र खर्च जुटाउन सक्ने पारिवारिक व्यक्ति नभएकाले अध्यक्ष ओलीले उनको अभिभावकत्व ग्रहण गरेका थिए । ठिल्लेसाङ्मुको बुबाको मृत्यु भइसकेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.