काठमाडौं । अपांगता भएका व्यक्तिहरुको अन्तराष्ट्रिय क्रिकेट शृंखला जेष्ठ अन्तिम साता काठमाडौंमा आयोजना हुने भएको छ।
ह्वीलचेयर क्रिकेट एशोसियसन अफ नेपालको आयोजनामा जेठ २७ गतेदेखि ३० गतेसम्म काठमाडौंको मूलपानी क्रिकेट मैदानमा उक्त प्रतियोगिता आयोजना हुने भएको हो।
अन्तराष्ट्रिय क्रिकेट श्रृखलामा नेपालका साथै भारतका अपाङ्गता भएका व्यक्तिहरुको सहभागीता रहनेछ। टि ट्वान्टी फर्म्याटमा खेलाइने प्रतियोगिता आइसिसीकै नियम मुताबिक खेलाइने एसाेसियसनका अध्यक्ष छुल्टिम ग्याल्जेन शेर्पाले जानकारी दिए।
विशेष गरि समाजमा लुकेर बसेका अपांगता भएका व्यक्तिहरुलाई बाहिर निकाल्न खेलकुदले धेरै सहयोग गर्ने विश्वास आयोजकले लिएको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।