add

इम्बोस्ड नम्बर जडान गर्ने बाध्यकारी व्यवस्थाप्रति यातायातविज्ञ प्रधानको असन्तुष्टि






ActPro Nepal

|

२४ जेठ, २०७९

|
1158

काठमाडौं । यातायातविज्ञ देवेन्द्र प्रधानले सरकारले ल्याउन खोजेको इम्वोस्ड नम्बर व्यावहारिक नभएको बताएका छन् । उनले इम्बोस्ड नम्बर के कारणले कसको स्वार्थले लागू गर्न खोजिएको हो भनेर प्रश्न गरेका छन् ।

इम्बोस्ड नम्बर लागू गर्न सरकारले बाध्यकारी बनाएपछि यसको विरोधमा आवाज उठेको छ । प्रधानले इम्वोस्ड नम्बर नभएर यसलाई एम्बुस नम्बर भनेका छन् । ‘यो इम्बोस्ड होइन, एम्बुस नम्बर हो, यो कसैको स्वार्थले ल्याइएको प्रष्ट छ’ प्रधानले भने ‘ इम्वोस्ड नम्बर जडानको ठेक्का पाएको कम्पनी नै विवादित छ, यसले कसैको पनि हित गर्दैन ।’ प्रधानले सरकारले हचुवाको भरमा इम्बोस्ड नम्बर जडान गर्नुपर्छ भनेर सवारीलाई बाध्य पार्नु अव्यवहारिक भएको बताए ।

‘यो के कारणले कसरी आयो भन्ने जवाफ सरकारले दिन सकेको छैन, सवारीसाधनलाई बाध्य बनाउनु र जडान नगरे कारबाही गर्छु भन्नु गलत हो’ उनले भने ‘ इम्बोस्ड नम्बर जडान नगरे साउनदेखि जरीवाना गर्ने भन्ने निर्णयले मानिसमा त्रास फैलाएको छ ।’ प्रधानले सरकारले पूर्व तयारी नगरी यो निर्णय गरेको उनको आरोप छ । सरकारले गत शुक्रबार एक सूचना जारी गरी साउनदेखि इम्वोस्ड नम्बर अनिवार्य गर्नुपर्ने भनेको छ । पटक पटक विवादित बनेको इम्बोस्ड नम्बर जडान गरेर सरकारले पैसा कमाउनमात्र खोजेको उनको आरोप छ ।

इम्वोस्ड नम्बर पढ्न अप्ठ्यारो हुने भएकाले सवारीसाधन दुर्घटना गरेर भाग्ने सम्भावना बढी भएको उनको बुझाई छ । ‘इम्वोस्ड नम्बरले नेपालीपन पनि गुम्ने खतरा छ’ उनले भने ‘यस्तो विवादित अवस्थामा इम्वोस्ड नम्बर जडान गर्नु हुँदैन, सरकारले आफ्नो निर्णय फिर्ता लिनुपर्छ ।’ उनले सरकारले यो विषयमा कसैसँग पनि छलफल नगरेको बताए । सरकारले स्मार्ट लाइसेन्स वितरण गर्न नसकेको अवस्थामा आएको यो निर्णय हास्यास्पद भएको उनको टिप्पणी छ । यो निर्णय भएपछि कारबाहीमा परिने डरले सवारीधनहरु यातायात कार्यालयमा पुगिसकेका छन् । सरकारले कसरी सहज ढंगले इम्वोस्ड नम्बर जडान गर्ने भन्ने पनि स्पष्ट पारेको छैन ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.