add

वेल्स ६४ वर्षपछि फूटबल विश्वकपमा






ActPro Nepal

|

२३ जेठ, २०७९

|
1034

काठमाडौं । वेल्स ६४ वर्षपछि फूटबल विश्वकपमा छनोट भएको छ।

आइतबार राति कार्डिफ सिटी स्टेडियममा भएको युरोपको प्लेअफ फाइनलमा युक्रेनमाथि १-० को जित निकाल्दै वेल्स ६४ वर्षपछि विश्वकपमा छनोट भएको हो।

सन् १९५८ यता पहिलो पटक विश्वकपमा छनोट हुन वेल्सले युक्रेनको आत्मघाती गोलको साहरा लियो। ३४औं मिनेटमा युक्रेनका कप्तान आन्द्रेइ यामर्लेन्कोले आफ्नै पोस्टमा गोल गरेपछि खेलमा वेल्सले अग्रता लिएको थियो।

सन् १९५८ मा पहिलो पटक विश्वकपमा छनोट भएको वेल्स क्वार्टरफाइनलसम्म पुगेको थियो। क्वार्टरफाइलनमा ब्राजिलसँग १-० ले पराजित भएको थियो।

कप्तान ग्यारेथ बेलको फ्रिकिक बचाउने क्रममा यामर्लेन्कोले आफ्नै पोस्टमा गोल गरेका थिए। खेलमा वेल्समाथि पूर्ण रुपमा दबाब बनाए पनि युक्रेनले गोल भने फर्काउन सकेनन्।

युक्रेन लगातार चौथो पटक विश्वकपमा छनोट हुन असफल भएको हो। सन् २००६ मा जर्मनीमा भएको विश्वकपमा क्वार्टरफाइनलसम्म पुगेको थियो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.