काठमाडौं । नेकपा (एमाले)ले फेरि संसदमा अवरोध गरेको छ ।
शुक्रबार बसेको संसद बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडुले एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिमाथि आलोचनात्मक टिप्पणी गरेको विरोधमा एमालेले संसद अवरोध गरेको हो ।
बैठकमा विशेष समय लिएर बोलेका कानुनमन्त्री बडूले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि छलफलका क्रममा दिएको अभिव्यक्तिलाई स्तरहीन भनेका थिए ।
लगतै एमाले सांसद खगराज अधिकारीले नियमापत्ति गरे । सभामुखले आफ्नो ध्यानाकर्षण भएको बताएपछि उद्योगमन्त्री बडूले आफ्नो सम्बोधन जारी राखे ।
आयल निगमलाई निजीकरण गर्न लागिएको भन्दै अध्यक्ष ओलीले बिहीबारको बैठकमा सरकारको आलोचना गरेका थिए ।
मन्त्रीको बडुले अध्यक्ष ओलीको विषयमा टिप्पणी गर्दै गर्दा एमाले सांसदहरुले सुरुमै नियमापत्ति गरेका थिए । एमाले सांसद खगराज अधिकारीले मन्त्री बडुको अभिव्यक्ति संसद रेकर्डबाट हटाइनुपर्ने माग गर्दै छानबिन समिति गठनको माग गरेका थिए ।
मागलाई अध्ययन गर्ने सभामुखको अभिव्यक्ति पछि पनि एमाले सांसदहरुले संसदमा होहल्ला गरिरहे । एमालेका सांसदहरुले मन्त्री बडुले बोलेको शब्द आपत्तिजनक भएको भन्दै नहटाएसम्म संसद चल्न नदिने चेतावनी दिए । एमालेको निरन्तर अवरोध पछि सभामुखले संसद बैठक केहीबेरका लागि स्थगित गरेका छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।