काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से ३४.२१ अंकले घटेर २२००.८८ विन्दुमा झरेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २२४कम्पनीको १ अर्ब ३६ करोड ९५ लाख १३ हजार १९१ रुपैयाँ बराबरको ३९ लाख १७ हजार ६५५ कित्ता शेयर किनबेच भएका छन् ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । शुक्रवार ९३ करोड २२ लाख ६ हजार ८४ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबारमा आएका १३ समूहको परिसूचक राताम्मे भएको छ । जीवन बीमा समूह सबैभन्दा धेरै २.६२ प्रतिशतले घटेको छ । त्यस्तै, होटल, हाइड्रोपावर र फाइनान्स समूह पनि २ प्रतिशतभन्दा धेरैले घटेको छ ।
उच्च अंकले घटेको बजारमा आज मिथिला लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै ५.८९ प्रतिशतले घटेको छ । त्यसैगरी, वीन नेपनल लघुवित्त ५.८७, तेह्रथुम पावर, प्रभु इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेसनको शेयर मूल्य ५ प्रतिशतले घटेको छ ।
त्यस्तै, युनाइटेड इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, सूर्य लाइफ इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स र हिमालयन ऊर्जा कम्पनीका शेयरधनीले साढे ४ प्रतिशत गुमाएका छन् ।
घट्दो बजारमा आज गुँरास लघुवित्तका शेयरधनीले भने सबैभन्दा धेरै ६.२० प्रतिशत कमाएका छन् ।
आज नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । यसको ४ करोड रुपैयाँ बढीकोे शेयर किनबेच भएको छ । त्यसैगरी, अरुण भ्याली हाइड्रोपावर पौने ४ करोड र नेपाल लाइफ साढे ३ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।