काठमाडौं । आजबाट शुक्रबार समेत सेयर कारोबार सूचारु हुने भएको छ ।
सरकारले सातामा दुई दिन सार्वजनिक बिदा घोषणा गरेपछि पहिलो पटक आज शुक्रबार सेयर कारोबार खुला हुने भएको हो । सरकारले १ जेठबाट लागु हुने गरि सातामा दुई बिदा कार्यान्वयनमा ल्याएको हो ।
पेट्रोलियम पदार्थको खपत कम गर्ने भनी ल्याएको यस प्रावधानका कारण सेयर कारोबार चार दिनमा खुम्चिने भएपछि शुक्रबार समेत कारोबार खुला गर्ने निर्णय भएको हो । कारोबार हुने समय भने साविककै हुने भएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।